🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

असाममा भिषण वर्षापछिको बाढी र पहिरोमा ९ जनाको मृत्यु, लाखौँ प्रभावित

असाम, ५ जेठ : असाममा आएको बाढी र पहिरोमा परेर ९ जनाको मृत्यु भएको छ । बाढीका कारण २७ जिल्लाका ६० लाखभन्दा मानिस प्रभावित भएका छन् ।

प्रिमनसुनमा वर्षापछि आएको बाढीबाट हजारौँ मानिस विस्थापित भएका छन् । अहिलेसम्म ४८ हजार मानिसहरूलाई विभिन्न २४८ ओटा राहात शिविरमा स्थानान्तरण गरिएको छ । 

बाढीबाट सबैभन्दा बढी पूर्वी होजाइ र काचर जिल्ला सबैभन्दा बढी प्रभावित भएका छन् । यी जिल्लामा दुई लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । होजाई जिल्लामा फसेका दुई हजारभन्दा बढी मानिसलाई सेनाले उद्धार गरेको छ । 

बाढीका कारण दक्षिणी असामको दिमा हासो जिल्ला पनि नराम्रोसँग प्रभावित छ । बाढीले विद्युतका पोल बगाउँदा र सडक भत्काउदा त्यहाँ उद्धार कार्य प्रभावित भएको छ । 

यसैबीच, बाढीमा ज्यान गुमाएका पीडितका परिबारलाई सरकारले जनही ४ लाख दिने भएको छ । अविरल वर्षाका कारण भारतको उत्तरी राज्य असाम, मेघालय र अरुणाञ्चल प्रदेश पछिल्लो दुई दिनदेखि प्रभावित छन् । 

एजेन्सी