🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भेरीमा पुन : एमालेका सिपी घर्ती विजयी

जाजरकोट । जाजरकोटको भेरी नगरपालिकाको मेयरमा पुनः एमालेका चन्द्रप्रकाश घर्ती (सिपी) निर्वाचित भएका छन् । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै घर्ती निर्वाचित भएका छन् ।

गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका गगनबहादुर खड्कालाई ८७९ मतान्तरले पराजित गर्दै घर्ती मेयरमा निर्वाचित भएका हुन् ।

घर्तीले ४८४२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका गगनबहादुर खड्काले ३९६३ मत प्राप्त गरेका छन् ।
एकीकृत समाजवादीका कमानबहादुर खड्काले ३५५९ मत ल्याए । एकीकृत समाजवादी एक्लै प्रतिस्पर्धामा थियो ।

उपमेयरमा भने गठबन्धनकी उम्मेदवार कांग्रेसकी सीता जैसी निर्वाचित भएकी छन् । उनले ५९८५ मत ल्याइन् । उनकी प्रतिस्पर्धी एमालेकी सावित्री चन्दले ५१७२ मत ल्याइन् ।

नगर प्रमुखमा निर्वाचित घर्ती २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि अत्यधिक मतले विजयी भएका थिए ।