🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

माओवादी केन्द्रका एक कार्यकर्ताको अपहरण

कपिलवस्तु, २८ चैत (रासस) : नेकपा (माओवादी केन्द्र)का एक कार्यकर्ता सदरमुकाम तौलिहवाबाट अपहरणमा परेका छन् । 

कपिलवस्तु नगरपालिका–३ क्याम्पसटोल निवासी सुशील तिवारीलाई भारतीय सुरक्षाकर्मीले गएको सोमबार दिउँसो अपरहण गरेको परिवारिक स्रोतले दाबी गरेको छ ।

सोमबार दिउँसो घरबाट सदरमुकाम तौलिहवास्थित पार्टी कार्यालयमा पुगेका तिवारी त्यसपछि सम्पर्कविहीन अवस्थामा रहेको भन्दै परिवारजनले जिल्ला प्रहरी कार्यालयमा खोजीका लागि उजुरी गरेका छन् । 

अपहरणमा परेका तिवारीको जीवन रक्षाको लागि पहल गरिदिन उनकी पत्नी सीता तिवारीले आज पत्रकार सम्मेलनमार्फत सरकार, मानवअधिकारकर्मी र पत्रकारसमक्ष अपिल गरेका छन  । 

अपहरणमा परेका तिवारीलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरी भारततर्फ लगेको हुन सक्ने उनका दाजु अनिल तिवारीले दाबी गरेका छन् । अपहरणमा परेका तिवारीमाथि भारतमा लागू औषधसम्बन्धी मुद्दा चलिरहेको छ । 

अपहरणमा परेका तिवारीको खोजी कार्य भइरहे पनि हालसम्म कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
–––