🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गृहमन्त्री श्रेष्ठ र लेबनानका राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ, १६ फागुन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि लेबनानका गैरआवासीय राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा द्विपक्षीय सम्बन्धका विविध पक्षबारे विचारविमर्श भएको थियो ।
 

भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र लेबनानबीच सन् १९६३ मा दौत्य सम्बन्ध स्थापना भएको र हालसम्म दुई देशबीच सुमधुर सम्बन्ध रहेकामा खुशी व्यक्त गर्नुभएको उहाँको प्रेस संयोजक कमल गिरीले जानकारी दिनुभयो । 

गृहमन्त्रीले लेबनान जस्तै नेपाल पनि आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको प्रक्रियामा रहेको उल्लेख गर्दै लेबनानबाट आउने वैदेशिक लगानीलाई प्रोत्साहन गरिने बताउनुभयो ।  

 
राजदूत लोरेन्जोले आफ्नो कार्यकालको यो चौथो नेपाल भ्रमण भएको र हरेक पटकको भ्रमणले आफू निकै उत्साहित हुँदै आएको बताउनुभयो । नेपालका सेनाले लेबनानमा शान्ति कायम गर्न पु¥याएको योगदानप्रति उहाँले आभार व्यक्त गर्नुभयो ।
–––