🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कैलालीका १३ वटै मतगणना स्थलमा सीसी क्यामरा जडान गरिने

धनगढी।कैलालीका १३ वटै पालिकास्थित मतगणना स्थलमा सीसी टिभी क्यामरा जडान गरिने भएको छ ।

मतगणना स्थलको सुरक्षा र विश्वसनियतालाई ख्याल गरेर सीसी क्यामरा जडान गरिन थालिएको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।

उनका अनुसार धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका लगायत केही स्थानमा क्यामरा जडान भइसकेको छ । केही पालिकाको मतगणना स्थलमा क्यामरा जडान गर्ने तयारी गरिएको उनले बताए ।

‘सबै राजनीतिक दल, उम्मेदवार र सरोकारवालाको सहकार्यमा मतगणना स्थलमा क्यामरा जडान गर्ने कार्य गरिरहेका छौं,’ भट्टले भने, ‘क्यामरा जडानपछि सहज हुनेछ ।’

उनले कैलालीका सबै ठाउँमा निर्वाचको तयारी अन्तिम चरणमा पुगेको बताए । सबै मतदान स्थलमा मतदान अधिकृत सहित निर्वाचन सामग्री पुगिसकेको छ ।

कैलालीमा २ सय ३६ मतदान स्थल तोकिएकामा ६ सय १९ मतदान केन्द्र राखिएका छन् । ती केन्द्रमा ३ हजार ९४ कर्मचारी खटाइएका छन् । ५२ मतदान स्थल सुरक्षाका दृष्टिले अति संवेदनशील सूचीमा राखिएकाे छ ।