🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विराट गोल्डकपको उपाधि थ्रीस्टारलाई

विराटनगर, २७  चैत (रासस) : विराट गोल्डकप–२०७४ को उपाधि थ्रीस्टार क्लब काठमाडौँले हात पारेको छ । 

विराटनगरको शहीद मैदानमा चैत २६ गते  साँझ सम्पन्न खेलमा त्रिभुवन आर्मीलाई ३–०ले पराजित गर्दे थ्रीस्टारले उपाधि हात पारेको हो । खेलको ५४ औँ मिनेटमा थ्रीस्टारले पाएको कर्नरलाई अनन्त तामाङले गोलमा परिणत गरे । शुरुदेखि नै दवावमा राखेको थ्रीस्टारले खेलको ७५ मिनेटमा पेनाल्टी गोल गरेको थियो । 

थ्रीस्टारका विमल घर्ती मगरले पेनाल्टीलाई गोलमा परिणत गरे । खेलको ८२ औँ मिनेटमा विमलले पुनः गोल गरेपछि थ्रीस्टारले तीन गोलको अग्रता कायम गरेको थियो । खेलमा दुई गोल गरेका थ्रीस्टारका विमल ‘म्यान अफ दी म्याच’ घोषित भए । 
–––