🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रहरी नायव निरीक्षक महतोविरुद्ध मुद्दा दायर

गलकोट, २५ वैशाख (रासस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गण्डकी प्रदेश कार्यालय पोखराले बागलुङका प्रहरी नायव निरीक्षक रुपनारायण महतोविरुद्ध विशेष अदालतमा आर्थिक अनियमितताबारे मुद्दा दायर गरेको छ ।  

    विपद् व्यवस्थापन गुल्म बागलुङमा कार्यरत महतोविरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महतोविरुद्ध रु ३८ हजार भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

    महतोले आफ्नो कार्यक्षेत्र र जिम्मेवारी तथा कार्यरत कार्यालयको कार्य प्रकृतिभन्दा बाहिर गई लेनदेनको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएका थिए । उनलाई अख्तियारको टोलीले बागलुङ सदरमुकामबाट यही वैशाख ६ गते रङ्गेहात पक्राउ गरेको थियो ।
–––