🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सरकारी गाडीमा दलको झन्डा प्रयोग: एमाले भन्छ- बदनाम गराउने षड्यन्त्र

 

धनगढी, २५ वैशाख : कैलालीमा सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा विधायन समितिका सभापति नेपालु चौधरीले प्रयोग गर्ने सरकारी गाडीमा दलको झन्डा प्रयोग गरेको पाइएको छ ।

चौधरीको सवारीमा दलको झन्डा प्रयोग गरेको भन्दै शनिबार राति धनगढी उपमहानगरपालिका-१९ का स्थानीयले सो गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

निर्वाचन आचारसंहिताविपरीत सरकारी गाडीमा एमालेको झन्डा गाडेको भन्दै धनगढी-१९ मा कांग्रेसका युवाहरूले नियन्त्रणमा लिएका हुन् ।

प्रदेशसभा सदस्य चौधरीले प्रयोग गर्ने से१झ ३०७ नम्बरको गाडी धनगढी उपमहानगरपालिका-१९ जे गाउँबाट शनिबार राति करिब ९ बजेको समयमा नियन्त्रणमा लिई युवाहरूले प्रहरीलाई बुझाएका हुन् ।

उक्त गाडी बहुलिया प्रहरी चौकीमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । सो विषयमा थप अनुसन्धान भइरहेको उनले बताए । 

तर एमालले भने घरमा रोकेर राखेको गाडीलाई धकेलेर सडकमा लगी विपक्षीले सरकारी गाडीमा दलको झन्डा गाडेको आरोप लगाएका छन् ।

धनगढी उपमहानगरपालिकाका लागि मेयरमा उम्मेदवारी दिएका एमाले नेता रणबहादुर चन्दले एमालेलाई बदनाम गराउने उद्देश्यले घरमा रोकेर राखेको गाडीलाई धकेलेर बाहिर लगी झन्डा प्रयोग भएको बताए ।

‘यो एमालेलाई बदनाम गराउने उद्देश्यले बुनेको योजना हो,’ उनले भने, ‘यसको छानबिन हुनु पर्दछ ।’ उनले निर्वाचन आचारसंहिताको पालना गर्न एमालेका सबै उम्मेदवार र कार्यकर्ता कटिबद्ध रहेकाे पनि बताए । 

न्युज कारखाना