🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

काभ्रे सवारी दुर्घटना अपडेटः मृतक पाँचै जनाको पहिचान खुल्यो

काठमाडौं । काभ्रेमा मिनी बस र टाटा सुमो दुर्घटनामा परी ज्यान गुमाएका पाँचै जनाको सनाखत भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा कमलामाई नगरपालिका–७ सिन्धुलीका ३० वर्षीय विक्रम श्रेष्ठ, वडा नम्बर–४ का ४० वर्षीय हरिबल तामाङ, रामेछापको खाँडादेवी–८ की ३० वर्षीया सम्झना भुषाल र उनकी सात वर्षीषा छोरी संगीता र सिन्धुलीको सुनकोसी गाउँपालिका-१ का ४४ वर्षीय प्रमिला नेपाली छन् ।

दुर्घटनामा परी १८ जना यात्रु घाइते भएका छन् । जसमा नेपाली र भारतीय नागरिक रहेका छन् । घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी हरि खतिवडाले जानकारी दिए । 

यूपी ५८ टी ८१८१ नम्बरको भारतीय नम्बर प्लेटको मिनी बस र काठमाडौं आउँदै गरेको ना १ ज ४२१० नम्बरको टाटासुमोसँग रोशी गाउँपालिका–११ मा ठोक्किएका थिए । पशुपतिनाथ मन्दिरको दर्शन गरेर भारतर्फ फर्किन लागेको मिनी बस तीव्र गतिमा आइरहेको सुमोसँग ठोक्किएको प्रवक्ता खतिवडाले बताए ।