🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सेनाद्वारा निर्माणाधीन दार्चुला-टिंकर सडक आयोजना अघि बढ्दै

काठमाडाैं । २०७७ वैशाख १४ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम दार्चुला-टिंकर सडक (कोठेधार-टिंकर खण्ड) को ७५ कि.मी. सडक निर्माण कार्यको जिम्मेवारी नेपाली सेनालाई प्रदान भए अनुरुप  २०७७ वैशाख २८ गतेबाट नेपाली सेना उक्त स्थानमा परिचालन भई आ.ब. ०७७/७८ मा सुनसेरा तथा दुम्लिङ्गमा क्याम्प निर्माण कार्य सम्पन्न गरेको थियाे।

\"\"

\"\"

 २०७८ माघ १७ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार तुषारपानी-कोठेधारसम्मको ४ कि.मी. ट्रयाक निर्माण कार्यको जिम्मेवारी समेत नेपाली सेनालाई प्रदान भई निर्माण कार्य संचालन भईरहेको नेपाली सेनाले जानकारी दिएकाे छ ।

\"\"

  नेपाली सेनाका अनुसार, सडक विभागबाट खोलिएको गल्थै, सुनसेरा-तुषारपानी (३ कि.मी) सडक खण्ड २०७८ सालको वर्षाको कारण पहिरो गई क्षति भएकोमा उक्त सडक खण्ड मध्ये गल्थै देखि तुषारपानी खोलासम्म १.५ कि.मि. ट्रयाक सडक विभागबाट पुन: खोलिएको थियो ।

    बाँकी सडक खण्डको निर्माण कार्य स्थानीय बासिन्दाको विरोधका कारण अगाडि बढ्न नसकेको हुँदा, नेपाली सेनालाई जिम्मेवारी प्राप्त भएको सडक खण्ड निर्माण कार्यमा ढिलाई हुन नदिनको लागि,  २०७८ चैत १८ गते तुषारपानी खोलामा वैकल्पिक मार्गद्वारा नेपाली सेनाले PC-220 Excavator पुर्‍याएको बताएकाे छ ।

 नेपाली सेनाले लक्ष्य बमोजिमको प्रगति हासिल गराउनको निमित्त नेपाली सेनाद्वारा Multiple Approach बाट PC-140 Excavator तथा मध्यम उपकरणहरु तैनाथ गर्न आवश्यक देखिएकोले पूर्व स्वीकृत योजना अनुरुप  २०७९ वैशाख ८ गतेबाट वैशाख ११ गतेसम्म MI-17 Helicopter मार्फत ३ गोटा Compressor (तुषारपानी-कोठेधार-२, दुम्लिङ्ग-१) तथा २ गोटा PC-140 Excavator (माल-१, दुम्लिङ्ग-१) ढुवानी गरिएको  नेपाली सेनाले जानकारी दिएकाे छ ।