🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दमबाट पुरुषको तुलनामा महिलाको मृत्युको सम्भावना दोब्बरः अध्ययन

लन्डन।दमबाट पुरुषको तुलनामा महिलामा मृत्युको सम्भावना दोब्बर रहेको बेलायतको एउटा गैरसरकारी संस्थाले चेतावनी दिएको छ । अस्थमा प्लस लङ युकेका अनुसार पछिल्लो पाँच वर्षमा बेलायतमा दमका कारण हुने मृत्युमध्ये दुई तिहाइभन्दा बढी महिलाहरू छन् । ‘ठूलो स्वास्थ्य असमानता’ सम्बोधन गर्न अझै केही गर्नु पर्ने सो संस्थाले जनाएको छ ।

दम एक ब्रेदिङ डिसअडर हो जसअन्तर्गत श्वासनली साँघुरो हुन्छ, फुल्छ र धेरै खकार आउँछ । स्वा स्वा हुनु, श्वास फेर्न कठिनाई हुनु, छाती दुख्नु, खोकी लाग्नु यसका लक्षण हुन । अस्थमाले विश्वभर करिब १३ करोड ६० लाख महिलालाई असर गरेको छ ।

बेलायतमा पछिल्लो पाँच वर्षमा दमका कारण ५१ सयभन्दा बढी महिलाहरूको मृत्यु भएको छ । सोही अवधिमा २३ सयभन्दा थोरै पुरुषहरूको यो रोगबाट मृत्यु भएको छ ।

अध्ययनअनुसार महिला सेक्स हर्मोनहरूमा परिवर्तनहरूले दमको लक्षणहरू देखिने गरेको र त्यसबारे धेरै मानिसहरू अनभिज्ञ छन् । बाल्यअवस्थामा यो रोग बालकहरूमा बढी देखिन्छ । तर, यौवन अवस्थापछि स्थिति परिवर्तन हुन्छ र महिलाहरूमा दम अधिक देखिन्छ ।