🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गठबन्धन दलको बेहालले एमाले अझै सशक्त !

प्रत्येक प्रतिस्पर्धामा विजयी हुनको लागि अत्यावश्यक हुने कुराहरूमध्ये मूल आधारको रूपमा उच्च मनोबल रहेको देखिन्छ । जसको मनोबल उच्च हुन्छ, जसले विजयी हुने सोच राख्दछ र जो विजयी हुन्छु भन्ने पूर्वमनोविज्ञानबाट अघि बढेको हुन्छ उसको विजय लगभग पक्कापक्की जस्तै हुन्छ भन्ने कुरा सर्बत्र देखिएको कुरा हो । निर्वाचनको सन्दर्भमा त राजनीतिक दलको नेतृत्व र संगठनमा रहेका नेता–कार्यकर्ताको मनोबलको अग्रिणी भूमिका हुने गरेको छ । 

प्रत्येक निर्वाचनको अवस्था हेर्दा जुन पार्टीको मनोबल उच्च देखिन्छ चुनाव सोही दलले जित्ने पक्कापक्की जस्तै हुँदै आएको छ । २०७९ वैशाख ३० को निर्वाचनको सन्दर्भमा पनि एमाले पार्टीको मनोबल र मानसिकता उच्च देखिन्छ । विजय हुनको लागि यो आधारभूत कुरा भएकोले गठबन्धनवालाहरू पाहा पछारिए जस्तोगरी पछारिने पक्कापक्की बन्दैछ । 

एमालेको मनोबल उच्च

तत्कालीन ९ महिने सरकारको सत्ता संचालन देखिनै एमालेको राज्य संचालनको अभ्यासले नागरिकमा बढी भन्दा बढी उत्साह, जाँगर, सकारात्मकता, उर्जा तथा मनाबल बढाएको हो । त्यसपछिका एमालेका सरकारद्वारा जनतामैत्री सुशासन, कम भ्रष्टाचार, विकास निर्माण तथा नागरिक सहभागिता वृद्धि जस्ता अनेकौं पक्षमा राज्यसंयन्त्रको प्रयोग तथा परिचालन भयो । विकास निर्माण तथा नागरिक जागरणका कुराहरूमा एमालेले सकारात्मक उर्जा दिने काम गरेको थियो, छ ।

भर्खरैको चर्चा गर्दा पनि तत्कालीन एमालेका अध्यक्ष केपी ओलीको सत्ता संचालन र शासनबाट इतिहासमा नागरिकमा व्यापक उर्जा थपिएको, राष्ट्रियता बलियो भएको, विकास निर्माणको कार्यले नवीनता पाएको, अन्तर्राष्ट्रिय छवि उचो भई विश्वमा नेपाल चिनिएको र देखिएको, नागरिक सहभागितामा उल्लेख्य वृद्धि भएको र मूलतः नागरिक तथा जनताको मनोबल उच्च भई राज्य प्रतिको विस्वास बढ्न गएको जस्ता अवस्था थियो । 

यसरी एमालेको विगतमा केन्द्रदेखि स्थानीय शासनसत्ताको अभ्यास र अनुभवका कारण नागरिकहरूमा ऐतिहासिक दृष्टिले मनोबल उच्च हुन पुग्यो । सोही कारण जनता, समाज र कार्यकर्ताहरूको मनोबल उच्च राख्ने कार्यमा एमाले पार्टी नेतृत्वकोे भूमिका महत्वपूर्ण रही आएको छ । निर्वाचन र प्रतिस्प्रर्धामा अग्रिम स्थान ल्याउने मूल मन्त्र यो पनि हो । 

गिरेको मनोबल र गठबन्धन 

वर्तमान माकाग्रेसको गठबन्धन सरकार र सत्तामा रहेकाहरूमा यति धेरै मनोबल गिरेको छ कि उनीहरूको चौतर्फी बदनामी मात्र कमाएका छन् । उनीहरूसंग केवल एमाले अध्यक्ष ओलीलाई धारे हात लगाउने बाहेक कुनै पनि नीति, घोषणा, योजना, कार्यक्रम, लक्ष्य, जनआधार तथा उद्देश्य छँदैछैन् । यसो भएकोले गठबन्धन आफै चौबाटोमा अलपत्र बनेको यात्री जस्तो भएको अवस्था छ ।

निर्वाचनमा गठबन्धनले जित्ने र जिताउनु पर्ने कुनैपनि कारण, आधार र तर्क छँदैछैन् । त्यसो हुँदा सत्ता गठबन्धन केवल पद खानको लागि बनाईएको हुल्याहा ग्याँङ्ग मात्र बन्न पुगेको छ । गुण्डाले हप्ता असुली गरेजस्तो गरेर राज्य संचालित हुँदै आएको छ । 

 चुनावको टिकट वितरणको कुरा गर्ने हो भने पनि कुन नीति, योजना, कार्यक्रम, विकास सम्बन्धी घोषणा तथा कार्यक्रमबाट स्थानीय पालिकामा जित्ने भन्ने केही पनि आधार र सोच नै छैन् । उनीहरूको एउटै आँखा र लक्ष्य भनेको गठबन्धन र गठबन्धन । गठबन्धन र एमाले हराउ । बस । यतिले पुग्छ ? यही हो नीति, कार्यक्रम, लक्ष्य, योजना, विकास सम्बन्धी सोच ? अर्काेतर्फ उनीहरूलाई जनताकोमा मत माग्न जान पनि त्यतिकै डर र त्रास रहेको देखिन्छ ।

कुन मुखले भोट माग्ने ? के भनेर भोट माग्ने ? एमालेको र अध्यक्ष केपीको विरोधले पुग्यो, पुग्छ ? आफै गिरेको मनोबल बोकेर, कुण्ठा, अविश्वास, तँछाडमछाड, तँ होइन म भन्ने पद खानको लागि भएको लुँछाचुँडीले र निन्याउरो गिर्दाे मनोबलबाट के र कुन आधारमा गठबन्धनले चुनावमा एमालेको सामना गर्न सक्ला ? पक्कै सम्भवै देखिन्न । अर्काेतर्फ स्थानीयमा एमालेले गरेका विकास निर्माणका कार्यक्रम आदिको कारण पनि नागरिक र जनताले एमालेलाई विस्वास गर्दै आएका छन् । यसबाट गठबन्धन आफैमा त्रसित भई थररर काम्दै आएको हो, छ ।

एमालेको जित्ने आधार काम र मनोबल

एमालेले स्थानीय निकायमा जित्ने मूल आधार भनेको विगतमा गरेका विकास निर्माण तथा सुशासन सम्बन्धी कार्यक्रम र नागरिक परिचालन नै हो । सोही आधारमा एमालेका स्थानीय तहमा क्रियाशील भई आएका नेता कार्यकर्ताहरूको मनोबल उच्च हुँदै आएको हो । गठबन्धन भन्दै संख्याको पार्टी भएपनि कतिपय वडामा काँग्रेस बाहेकको दलको हिसाब हेर्ने हो भने दुई दर्जन भोट ल्याउने अवस्था पनि देखिन्न ।

यस्तो अवस्थामा मनोबल गिरेका ति आपराधिक र भ्रष्ट प्रवृत्तिका फटाहा र लुटेरा ग्याँङ्गलाई अब निर्वाचनबाटै धुलो बनाउनु पर्ने अवस्था छ । विगतमा पनि नेपाली काँग्रेस र माओवादीले गठबन्धन गरेकै हुन् । 

  भरतपुरमा गठबन्धनबाट पनि नसकेर एमालेका देवी ज्ञवालीले चुनाव जित्ने देखेर रातारात मतपत्र खाने र ढ्वाङ्ग साँट्नेसम्म काम गरेका होइनन् ? गठबन्धनलाई धुलो चटाउँदै एमाले एक नम्बरको पार्टी बनेको होइन ? अनि फेरि केको फूर्ति ? अनि केको फुँई ? अपराधै अपराधको इतिहास भएका गठबन्धनले एमालेलाई घुन पुत्लो लाउन र विगार्न सक्ने अवस्था छैन् ।

त्यसो भएर एमालेको स्थानीयस्तरमा आफ्नै संगठन, काम, विगत र आफ्नै विकास निर्माण सम्बन्धी अनुभवको आधारमा बढ्दै आएको उच्च मनोबल नै यो पटक पनि सबैखाले षडयन्त्रलाई परास्त गर्ने हतियार हो । उच्च मनोबल नै एमाले फेरिपनि पहिलो बन्ने मूल आधार हो । 

सचेत हुनुपर्ने क्षेत्र

मनोबल उच्च, कार्यक्षमता, दक्षता, अनुभव र विकास सम्बन्धी आफ्नो आधार भएर पनि निर्वाचनमा कतिपय प्राविधिक पक्षमा ध्यान दिन सकिएन भने त्यसले अपराधिक मनोवृत्ति भएका जनविरोधीलाई फाइदा पुग्ने अवस्था पनि बन्न सक्ने हुन्छ । यसैले निर्वाचनमा हुने गुण्डागर्दी, जालझेल, कानुनी र प्राविधिक पक्ष, अनावश्यक र भ्रमपूर्ण हल्ला आदिबाट बचाउन सक्नु पर्दछ । अर्काेतर्फ गुण्डागर्दीबाट बचाएर जनतालाई ढुक्कसँग मतदान गर्न सक्ने वातावरण निर्माण गर्नु पर्ने देखिन्छ । 

डा. शशांक कोइराला प्रवृत्ति घातक

काँगेस नेता शंशाक कोइरालाले खुलेआम भनेका छन कि उनले निर्वाचनमा रु. ६ करोड खर्च गरे । त्यो पैसा केमा खर्च भयो ? कहाँबाट त्यो पैसा उनले ल्याए ? पम्प्लेट, पर्चा, तुल, व्यानर, झण्डा र प्रचार आदिमा मात्र त्यो पैसा खर्च भयो होला ? खाजापानीमा मात्र करोडका करोड खर्च भयो त ? त्यो पक्कै देखिन्न । अर्थात ६ करोड मध्ये ठूलो हिस्सा मत किन्ननै खर्च भएको थियो भन्ने अनुमान लगाउन कठिन छैन ।

यस्तो अवस्थामा काँग्रेसले निर्वाचन कसरी जित्ने गरेको रहेछ भन्ने कुरा प्रष्टै भयो । अबको निर्वाचनमा पनि कांग्रेसले यसैगरी भ्रष्टाचारबाट कमाएको पैसाको खोलो बनाउने अवस्था देखिएकोले काँग्रेसको पैसाको पोको जफत गरी कानून अनुसार राज्यको ढुकुटीमा जम्मा गर्नु सक्नुपर्ने देखिन्छ । 

निर्वाचनमा जसलाई जनताको मतप्रति भरोसा छैन उसले गर्ने भनेको पैसाको खोलो बनाउने नै हो । यसरी मनोबल गिरेको का“ग्रेस र गठबन्धनबाट हुने गैरकानुनी हर्कतलाई राक्नु पर्ने अवस्था छ ।

त्यो गर्न सकियो भने एमाले प्रति जनताको विस्वास छ“दैछ, भरोसा छ“दैछ । यही जनताको अपार समर्थन तथा उच्च मनोबल नै एमालेको विजय बन्ने मूल आधार हो चुनाव जित्नको लागि । डा. शशांक प्रवृत्तिलाई भने जनताबाट लखेट्नै पर्ने भएको छ ।