🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

केपी ओलीकाे गृहनगर दमकमा एमालेविरूद्ध सत्तारुढ दलहरू र राप्रपा गठबन्धन !

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनकाे नेतृत्व आफू र आफ्नाे दललाई निर्वाचनमा कसरी जिताउने भन्ने ध्याउन्नमा भन्दा एमाले,  एमाले अध्यक्ष केपी ओली र अन्य पदाधिकारीहरूलाई  कसरी  हराउने भन्ने रणनीति बनाउन व्यस्त रहेकाे जानकारी हुन आएकाे छ । एमाले अध्यक्ष केपी ओलीविरूद्ध उनकाे गृहनगर दमकमा सत्तारुढ दलहरूले राप्रपासँग गठबन्धन गर्ने अनौपचारिक सहमति गरेका स्राेत बताउछ ।

    स्थानीय तहकै निर्वाचनमा दमक नगरपालिकामा एमालेलाई पराजित गर्ने योजनासहित सत्ता गठबन्धनका नेताहरु राप्रपालाई सहयोग गर्न तयार भएका हुन् । एमाले अध्यक्ष केपी ओलीकै गृहनगरमा पराजित गर्ने रणनीतिसहित उनीहरुले राप्रपासँग मिल्ने निर्णयमा पुगेका भएपनि अन्य जिल्लामा यसरी नै रणनीति बनाएकाे जानकारी पनि हुन आएकाे छ ।

 स्राेतका अनुसार, एमालेका चर्चित र युवा नेताहरुलाई पालिका जोगाउन  अप्ठेराे  पार्नेगरी सत्ता गठबन्धनका नेताहरुले गठबन्धन गर्न थालेका हुन् । दमकका राप्रपाका राम थापा २०७४ सालको स्थानीय चुनावमा एमालेका उम्मेदवार रोमनाथ ओलीसँग थोरै मतले पराजित भएका थिए । त्यसैले अहिले कांग्रेस र माओवादी राप्रपालाई साथ दिन तयार भएका हुन् ।

एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमकमात्र होइन्, महासचिव शंकर पोखरेलको गृह जिल्लामा पनि गठबन्धन गरिएको छ । एमाले महासचिव पोखरेलका लागि प्रतिष्ठाको विषय बनेका तुलसीपुर र घोराही उपमहानगरपालिकामा पनि सत्तारूढ गठबन्धन भएको छ ।

जसरी पनि एमालेलाई यी पालिकामा पराजित गरेर महासचिव शंकर पोखरेललाई कमजोर बनाउने रणनीति उनीहरुले लिएका छन् । त्यसैगरी, उपाध्यक्ष विष्णु पौडेलको पालिका बुटवल उपमहागरपालिका पनि गठबन्धन गरिएको छ ।

  एमालेका चर्चित युवा नेता शेरधन राईलाई पनि आफ्नो पालिका जोगाउन समस्या देखिएको छ । भोजपुरको आमचोक गाउँपालिका अघिल्लोपटक माओवादीले जितेको थियो । अहिले पनि माओवादीकै भागमा परेको छ ।

अनि, प्रमुख सचेतक विशाल भट्टराईको जिल्ला खोटाङको खोटहाङ गाउँपालिकामा पनि गठबन्धन भएको छ । गत निर्वाचनमा झिनो मतले विजयी भएको एमालेलाई गठबन्धनपछि भट्टराईलाई आफ्नो पालिका जोगाउन बढी नै संघर्ष  गर्नुपर्ने देखिएको छ । हुन त, गत निर्वाचनका माओवादी उम्मेदवार राजन ढकाल एमालेमा प्रवेश गरेकाले  सजिलाे पनि भएकाे छ । तर, गठबन्धन भएका कारण एमालेका लागि अलि बढी मेहनत गर्नुपर्ने  भएको हो ।

यता अर्को चर्चित युवा नेता गोकुल बाँस्कोटाको पालिका मण्डनदेउपुर नगरपालिका पनि एमालेका लागि सत्तागठबन्धन चुनाैती बनेकाे छ । एमालेबाट निर्वाचित पालिकाका मेयर नै एकीकृत समाजवादीतिर लागेका छन् ।

यो पालिकामा एमालेभन्दा एकीकृत समाजवादी आफू बलियो भएको दावी गरिरहेकाे छ । एमालेका पुराना नेता कृष्णप्रसाद सापकोटा, युवा नेता, प्रदेश सांसद लक्ष्मण लम्साल पनि एकीकृत समाजवादीतिर लागेका छन् । त्यसैले गठबन्धन दलले गोकुल  बाँस्काेटाकाे  पालिकालाई समेत घेराबन्दीमा पार्ने रणनीति बनाएकाे खबर छ ।