🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली सेनाकाे नौ विदेशी सैनिक सम्मिलित ‘कमाण्ड तथा स्टाफ’ तालिम सुरु

काठमाडौँ, ६ वैशाख (रासस) : नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा विदेशी शिक्षार्थी अधिकृत नौसहित ९२ जना अधिकृत सम्मिलित ‘कमाण्ड तथा स्टाफ तालिम’ सुरु भएको छ ।

\"\"

\"\"

नेपाली सेनाका तीन महिला अधिकृतसहित ८०, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका एक–एक जना तथा श्रीलङ्का, केन्या, नाइजेरिया, पाकिस्तान, बङ्गलादेश, बेलायत, भारत, माल्दिभ्स र संयुक्त राज्य अमेरिकाका एक–एक सैनिक अधिकृत तालिममा समावेश रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

मध्यम तहका अधिकृतको नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण मानिएको उक्त तालिमबाट हालसम्म सेनाका १० हजार ४०, विदेशी ९९, नेपाल प्रहरीका १३, सशस्त्र प्रहरी बलका २५, राष्ट्रिय अनुसन्धान विभागका १६ र रक्षा मन्त्रालय एकसमेत गरी एक हजार १९४ शिक्षार्थी अधिकृत दीक्षित भइसकेका छन् ।

बलाधिकृत रथी बालकृष्ण कार्कीले करिब एक वर्ष अवधिको सोमबार उक्त तालिमको शुभारम्भ गर्दै नेतृत्व विकासका लागि तालिम महत्वपूर्ण सावित हुने बताउनुभयो । सेनालगायतका सुरक्षा फौज माथिल्लो तहको अधिकृतका लागि उक्त तालिम अनिवार्य मानिदै आएको छ ।
–––