🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

८० लाखको जग्गा किन्ने प्रहरीका घुमुवामाथि छानबिन  

 नेपाल प्रहरीको उजुरी छानबिन शाखाले तराईका २ जिल्लाका प्रमुखले राखेका घुमुवालाई १ नम्बर गणमा राखेर छानबिन गरिरहेको छ । मकवानपुर र पर्साका प्रहरी प्रमुखले राखेका घुमुवालाई अनियमितरुपमा आर्थिक लेनदेन गरेको उजुरीमा छानबिन सुरु गरेको हो ।

मकवानपुर प्रहरीका एसपी विकास खनालले राखेका घुमुवा नाजिर हुसेन र पर्साका एसपी गणेश रेग्मीले राखेका जयनारायण यादवलाई तानेर १ नम्बर गण नक्सालमा राखी छानबिन गरिरहेको छ । नाजिर हुसेन विगतमा मनहरी इकाला प्रहरी कार्यालयमा आर्थिक लेनदेन गरेको उजुरीपछि तत्कालीन मकवानपुरका एसपी मिरा चौधरीले ग्रेडरोक्का गरेकी थिइन् ।

मनहरीमा गा“जातस्करसंग मिलेको पाइएपछि पाएको जति ग्रेड कट्टा गरी वडा प्रहरी कार्यालयमा पठाएकी थिइन् । वडा प्रहरीमा दरबन्दी भएकै बेला विकास खनाल मकवानपुर प्रहरीको प्रमुखमा सरुवा हुनासाथ उनलाई रातमाटे चेकपोष्टमा खटाए । र, सबैभन्दा बढी आम्दानी हुने चेकपोष्टका रुपमा रातमाटेलाई लिने गरिन्छ । रातमाटेबाट रक्सौलसम्म गएर ब्यापारीसंग पैसा असुली गरेको उजुरी परेपछि उनलाई गणमा तानेर छानबिन सुरु गरिएको हो ।

पर्सा जिल्लाका घुमुवा हवल्दार जयनारायण यादवलाई पनि आर्थिक असुलीकै आरोपमा छानबिन सुरु भएको छ । पर्साका एसपी गणेश रेग्मी र इन्स्पेक्टर अनिस कर्णको संरक्षणमा घुमुवा जयनारायण यादवले असुली गर्दैआएका थिए । हाकिमहरूलाई बुझाएर बा“की रहेको घुसको रकमबाट उनले केही समयअघि नेशनल मेडिकल कलेजसंगै ८० लाख रुपैया“मा जग्गा खरिद गरेको उजुरी पनि परेको छ ।

नाजिर हुसेन र जयनारायण यादवलाई संरक्षण गर्ने काम आइजीपी प्रकाश अर्यालका घुमुवा हरेन्द्र ठाकुर र दिने यादवले गर्दैआएको प्रहरी बताउछन्  । मध्यक्षेत्रको डीआइजी हु“दा राखेका घुमुवाहरू हरेन्द्र ठाकुर र दिनेश यादवलाई आइजीपी भएपछि पनि प्रकाश अर्यालले विशेष ब्यूरोमा दरबन्दी राखी परिचालन गरिरहेका छन् ।

दरबन्दी विशेष ब्यूरोमा भए पनि उनीहरू दुवै आइजीपी सचिवालयबाटै परिचालित छन् । उजुरी छानबिन हेर्ने काम एसएसपी केदार रिजालले गर्दैआएका छन् । १ बर्ष दरबन्दी खाली भए पनि डीआइजी बढुवा नगरी अन्यायमा पारिएका एसएसपी रिजालले हुसेन र यादवका बारेमा धेरै उजुरी परेपछि उनीहरूलाई गणमा तानेर छानबिन गरेको छ । उनीहरूलाई गणबाट बाहिर जान समेत नदिई छानबिन गरिरहेको छ ।
 यसअघि मीरा चौधरी मकवानपुरको प्रहरी प्रमुख हु“दा उनले राम्रो काम गरेकोमा प्रशंसा बटुलेकी थिइन् ।

तर उनले पनि वीरेन्द्र यादवलाई घुमुवा राखेकी थिइन् । चौधरी र अर्का एसपी वसन्त लामाको पालामा वीरेन्द्र यादव घुमुवा थिए । पछि विवाद आएपछि तत्कालीन मध्यक्षेत्रका डीआइजी गणेश केसीले दरबन्दी भएको चितवनमै फिर्ता गरे । पछि चितवनमा पनि विवादमा भएपछि ३ नम्बर प्रदेशका एआइजी केशरी घिमिरेले गणमा सरुवा गरेका थिए ।  – मकवानपुरका प्रहरीहरू