काठमाडौं, १ वैशाख । ललितपुर, कोन्ज्योसोम गाउँपालिका-५ भारदेउ बस्ने जय बहादुर लोप्चनको घरमा विद्युत सर्ट भई बुधबार राति आगलागी हुँदा उक्त आगलागीमा परी ७२ वर्षीया कान्छीमायाँ लोप्चनको मृत्यु भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
पाँचथर, हिलिहाङ गाउँपालिका-६ अबिरे टोलस्थित सडकमा प्रदेश नं.०१-००३ क ८४१४ नम्बरको स्काईभेटरमा बुधबार राति अचानक आगलागी हुँदा स्काईभेटर पूर्णरूपमा जलेर क्षति भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



