🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तानसेनको सानः रामचन्द्रमान-विगत र वर्तमान

धनकुटा ।  माघ १६,२०७८ को अपरान्हतिर फोनमा घण्टी बज्यो-उठाएँ; म राम बोलेको भेनाजु कता हुनुहुन्छ ? “म घरैमा छुु” भनेपछि “म एकछिन निस्कन्छु” मैले हुन्छ भने र बाहिर बाटोमा कुरें, नभन्दै, ऊ आएर मलाई एउटा पुस्तक थमाउँदै भन्यो – “यसको Feed Back पाउँ है भेनाजु ? मैले “हुन्छ नि” भने, ऊ फर्कि पनि हाल्यो ।

यसरी यो रामचन्द्रमान सिंहद्वारा लिखित “तानसेनदेखि तासकन्दसम्म” छरिएका सम्झनाहरु पुस्तकको आवरण तथा सर्सरी किताव पल्टाएँ निकै मेहनत गरी लेखिएको महसुस गरें र केही पन्ना पढेपछि मेरा केही आफ्नै पुस्तक प्रकाशनको काममा समय खर्चिनु पर्ने भएकाले मैले यो किताव हेर्न भ्याइन । तर आफूले दिएको बचत पूरा गर्नुपर्छ भनी यो भन्दा पहिले मित्र जयदेव वैद्यको पुस्तक बारे केही मनमा लागेका कुराहरु लेखेर पठाएँ अनि आज यतापट्टी लागें ।

  यो पुस्तक मैले आद्योपान्त पढें-“सहज र सफल जीवन जिउन सक्षम” व्यक्तिको रुपमा मैले रामचन्द्रलाई पाएँ;  यसमा शंका नै रहेन जसको प्रतिक्रिया स्वरुप मैले मेरो अभिव्यक्तिको शीर्षकले पनि यसको व्याख्या गर्छ भन्ठान्छु । हो, विज्ञान विषयको विद्यार्थी भएर पनि यति सरल एवं सरस भाषाशैलीमा आफ्नो जीवनकालमा घटेका घटनाहरुलाई सिलसिलेवार ढङ्गले सात भागमा विभाजन गरी चालिस वटा उप–शीर्षकहरुमा वाल्यकालका स्मरणहरुदेखि काठमाडौं प्रवेश, कर्णालीका विकटताको अनुभव जागिरको क्रम, विश्व भ्रमणको मजा र स्मरण र पारिवारिक, व्यक्तिगत स्मरणहरुलाई विविध संस्मरणको क्रममा गरिएका बखानहरु साँच्चैनै पढ्न योग्य छन् ।

   रामचन्द्रका संस्मरणहरुले उनी निकै भाग्यशाली र उनको भाग्यलाई साथ सहयोग र हौसला प्रदान गर्नु हुने श्रद्धेय  बुबा, मुमाहरुप्रति म विनम्रतापूर्वक नमन् गर्दछु । उहाँहरुको मार्ग निर्देशन र छोराछोरीहरुका लागि गर्नुपर्ने शैक्षिक, सामाजिक एवं भौतिक व्यवस्थापनले नै रामचन्द्रको जीवन यात्रालाई अत्यन्त, सुगम बनाउन सकेको विषयलाई राम स्वयंले आत्मसाथ गरेका छन्-जुन शतप्रतिशत यथार्थ हो।

  रामचन्द्रले संस्मरण लेख्ने क्रममा डायरी लेख्ने अभ्यास गरेको हुनुपर्छ जस्तो लाग्छ-होइन भने उनको स्मरण शक्ति तारिफयोग्य छ । स-साना कुरालाई पनि सम्झेर लेख्न सकेको छ-भुटेको मकै र निबुवाको अचारको स्वाददेखि, मुखमा अड्किने हलुवा लगायत वावुसाहेबले मागेको पाँच रुपैयाँ जस्ता देश विदेशको यात्रामा विताएका सुःखद क्षणहरुको सम्झना अति उम्दा प्रकारले वर्णन गरिएका छन्, जुन कुराहरु पढ्न शुरु गरेपछि त्यो शीर्षक नटुंगिएसम्म बीचमा छोड्न चाहँदैन-कुनै पाठक पनि सायद-मलाई यस्तै लाग्यो ।

तानसेनको नाम लिनासाथ उक्त स्थान विशेषसँग मेरो भावनात्मक सम्वन्ध गाँसिएकोले पनि रामको पुस्तक प्रति मेरो लगाव आकर्षित भयो र मेरी श्रीमती लोकमायासँगको तादात्म्यताको कारणले नै हो भन्नुपर्छ, जुन स्वभाविक छ ।

सरकारी जागिरमा प्रवेश गर्दादेखि आफ्नो काम र कर्तव्यप्रति सदा जागरुक भै सजग र इमान्दारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम भएकै कारणले जागिरको उच्चतम् तहसम्म पुग्न सफल हुन सक्नु सामान्य नेपाली नागरिकका लागि चानचुने कुरा होइन । उनलाई यही सन्दर्भमा जोडेर तानसेनको “सान” भन्ने मैले हिम्मत गरेकै हो; उनले यो दक्षता राखेकै छ-भन्छु म ।

यस पुस्तकको भाग ६ मा वर्णन गरिएका वैदेशिक भ्रमणमा उनले गरेका यात्रा एवं आफूले प्राप्त गरेका मान सम्मानलाई निकै आकर्षक ढङ्गले वर्णत गरिएको छ । खासगरी विश्व भन्सार संगठनकोे स्वर्ण महोत्सव, भारतको गणतन्त्र दिवस, श्री सत्य साइबाबासँगको साक्षातकार, राष्ट्रपति भवनमा रात्रिभोज, शाकाहारी बन्न खोज्दा जस्ता शीर्षकहरुको अनुभव निकै रोचक छन् ।

 यति हुँदाहुँदै तासकन्दको सम्झना र घोडाको मासुवारे गरिएको प्रसंगले नै यो पुस्तकको नामाकरण गरिने अवसर पायो-“विमान पुरै रोकिएपछि यात्रुहरु निकस्ने ढोका खोल्नु अगाडि जहाजभित्रै अर्को विशेष Announcement भयो,” मेरो नाम VIP को रुपमा उल्लेख गरी स्वागतका लागि Plane  वाहिरै सम्बन्धित अधिकारीहरु उपस्थित भएको जानकारी दिइयो । उनीहरुले मलाई आत्मियतापूर्वक सम्मान गरी स्वागत गरेको देख्दा आश्चर्य एवं खुशी लाग्यो ।”

 पेज नंं १६४ बाट साभार मलाई अड्कल गर्न त्यति गाह्रो भएन, रामको जीवनयात्रामा लगभग ३ दशकको सरकारी जागिरले दिएको सवैभन्दा खुशी सचिव पदमा बढुवा हुँदा भयो भने देश विदेशको भ्रमणमा नेपालको प्रतिनिधिको हैसियतले सहभागी भएका सभा–सम्मेलन तथा वैठकहरुमध्ये तासकन्द भ्रमणले दिएको खुशी उनको जीवनको दोस्रो खुशीमा दर्ज हुन्छ भन्न मन लागेर आयो- सही वा गलत राम आफैले मूल्याङ्कन गर्दा पनि फरक पर्दैन–यो मेरो नितान्त व्यक्तिगत अड्कल बाजी हो । खैर रामले आफूसँग सम्बद्ध थुप्रै घटनाहरुलाई अधिकांश सुःखद क्षणकै रुपमा व्याख्या गर्ने अवसर पाएकैले उनी भाग्यमानी हुन् भन्ने गरेको छु ।

यति हुँदाहुँदै पनि उनले आफ्नो जीवन कालमा भोगेका केही पीडाजन्य परिस्थितिलाई पनि विर्सन नसकिने क्षण र अवस्थाको रुपमा सम्झना गर्न पुगेको बयान पनि उत्तिकै सम्वेदनशील छन् -जस्तैः “त्यो नवजात शिशुको बारे आमाले बारम्वार भन्नुहुन्थ्यो गोरो वर्णको कालो अनुहार भएको अति हिस्सी परेको बच्चा स्वस्थ जन्मेको थियो । केही नराम्रो  संकेत थिएन, दिनभर जसो राम्रै थियो दिउँसो पख एकैपटक केही नभएको बच्चा गुमाउनु प¥योे ।” (पेज नंं. १६४ वाट साभार) ।

  रामलाई आफ्नी आमाले भोग्नु भएको पीडा वास्तवमा परिवारकै दुःखद घटनाको रुपमा लिइएको र आफ्ना जनवात बैनीलाई सानो उमेरमै गुमाउनु परेको घटनाले निकै पिरोलेको महसुस हुन्छ । यस्तै अन्य ४ दुःखद घटनाहरुको अत्यन्त मर्माहत ढङ्गले स्मरण गरिएको छ-जस्तैः बुबा, आमाको देहावसानले पारेको अभिभावकविहीनताको स्थितिको संस्मरण अत्यन्त मार्मिक ढंगले प्रस्तुत गरिएको छ र २०७२ सालको भूकम्पको नमीठो अनुभव तथा कारोनाले गरेको आक्रामक परिस्थितिले रामचन्द्रलाई “जीवन सुख र दुःखदको संमिश्रण रहेछ ।” भन्ने भित्री अनुभव भएको उनले भोगेको परिस्थितिको व्याख्यानबाट स्पष्ट हुन्छ ।

यसरी विविध पक्षमा रामले आफ्नो सकारात्मक एवं केही नकारात्मक घटनाहरुको संस्मरणलाई जीवन्तता दिन सक्षम भएको म उल्लेख गर्न अलिकति पनि हिच्क्चिाउँदिन । उनी यस मानेमा एक सफल लेखक हुन्, साथै उनले आफ्नो लेखनलाई यो भन्दा पहिले चार वटा पुस्तकहरु प्रकाशन गरेर पनि प्रमाणित गरिसकेका छन् । यो क्षमता र दक्षता उनले कायम गरेकै छन्-यसका लागि म रामचन्द्रप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

पुस्तकको अध्ययनपछि मेरो लेखनलाई रोक्न मन नलाग्दा नलाग्दै पनि अव पुस्तकको आवरण तथा साजसज्जाको दुई कुरा राखेर मेरो विचार अन्त्य गर्ने अनुमति माग्छु । पुस्तकको आवरण अत्यन्त आकर्षक र यसमा प्रयोग गरिएको कागज, भाषाको प्रयोग अक्षरको आकार एवं संकलन फोटोहरुको रखाईक्रम असाध्य सिद्धहस्त व्यक्तिबाट भएको महसुस हुन्छ । म यसको हृदयदेखि नै प्रशंसा गर्छु ।

यो पुस्तक तयार गरी अमेरिकामा आफ्ना सन्ततिबाट विमोचन गराई आत्मीय आनन्दानुभूूति भएको विषय पनि एक नौलो सुखानुभूतिको विषय बन्न पुगेको छ जसले रामलाई आनन्दित तुल्याएकै हुनुपर्छ । यसका लागि रामलाई बधाई भन्दै यस किसिमका अन्य रचनाहरु जीवनको उत्तरार्द्धमा आत्म-सन्तुष्टिका लागि प्रकाशित हुँदै जावस् भन्ने शुभ-कामनाका साथ मेरो केही विचारहरु यही बिट मार्न चाहन्छु ।

सबभन्दा अन्त्यमा यस पुस्तकको भूमिका (उपोद्घात) लेख्नु हुने पुष्कर अथक रेग्मीप्रति पनि म औधि आकर्षित भएको छु । उहाँको वर्णनबाट कुनै पनि पाठकलाई पुस्तकको बारेमा बुझ्न तथा पुस्तक अध्ययन गर्न वाध्य तुल्याउँछ-उहाँलाई म एक पाठकको हैसियतले नै भए पनि आभार व्यक्त गर्दै बधाई दिन चाहन्छु ।

(“यसर्थ  ''तानसेनदेखि तासकन्दसम्मु संस्मरण विशुद्ध अनुभवजन्य, स्वस्थ, स्वच्छ एवम् पृथक कृतिको रुपमा रहेको छ ।”)

(प्राध्यापक नारायण ओशी, धनकुट्टा क्याम्पस का पूर्व क्याम्पस प्रमुख  हुन् । हाल उनी सल्व, धनकुटाका  अध्यक्ष तथा वित्तीय संस्थासंग आबद्ध छन्)

१५ चैत  २०७८