🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानमन्त्री शेरवहादुर देउवा र याेगी आदित्यनाथबीचकाे रहस्यमय एघार मिनेट…?

काठमाडौं । पछिल्लो पटक २०७८ साल असार २९ गते सर्वाेच्च अदालतको परमादेशबाट पाँचौंपटक मुलुकको प्रधानमन्त्री भएका कांग्रेस सभापति शेरबहादुर देउवाले यही २०७८ चैत १८ गतेदेखि २१ गतेसम्म तीनदिने भारत भ्रमण गरेका थिए । तीनदिने भारत भ्रमणको क्रममा अन्तिम दिन २०७८ चैत २० गते पत्नी आरजुसहित प्रधानमन्त्री देउवाले हिन्दुहरुको धार्मिक नगरी भनेर परिचय बनाएको बनारसकोसमेत छोटो भ्रमण गरे ।

 बनारसको उक्त भ्रमणको क्रममा प्रधानमन्त्री देउवाले त्यहाँका विभिन्न मठमन्दिरमा पूजाआजा गर्नुका अतिरिक्त धार्मिक यात्रामा पुग्ने नेपाली हितलाई ध्यानमा राखेर धर्मशाला निर्माणको शिलान्याससमेत गर्दै उक्त भवन निर्माणका लागि १ करोड रुपैयाँ निकासा गर्ने वचनसमेत दिएका थिए ।

 बनारसमा नै उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग बिहानको खाना खाएका प्रधानमन्त्री देउवाले मुख्यमन्त्री योगीसँग ११ मिनेट गोप्य भेटवार्ता भएको पनि बताइन्छ । स्रोतका अनुसार, उक्त भेटवार्ताको क्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगीले एकान्त वार्तामा प्रधानमन्त्री देउवालाई एउटा महत्वपूर्ण प्रश्न राखेका थिए ।

मुख्यमन्त्री योगीको प्रश्न थियो–‘‘तपाईं छातीमा हात राखेर भन्नुस् नेपाली जनता हिन्दु राष्ट्रको पक्षमा छन् कि छैनन् ?’’ नेपालमा हिन्दु धर्मको अवस्था र भविष्य के छ भनेर गरेको प्रश्नको जवाफमा प्रधानमन्त्री देउवाले जवाफको क्रममा ‘‘म पनि हिन्दु हो, हिन्दु हो’’ भने श्वास मात्रै फेरेर मौन बसेको बताइन्छ ।

  यसभन्दा अगाडि २०७२ असोज ३ गते संविधान सभाबाट संविधान जारी हुनुपूर्व भारत भ्रमणमा पुगेका कांग्रेसका तत्कालीन नेता देउवाले सार्वजनिक रुपमा नै नेपालमा हिन्दु राष्ट्र कायम हुने दाबी गरेका थिए । त्यस बखत देउवाले काठमाडौं उत्रिएर यस्तो दाबी गर्नु अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तामा नेपाल हिन्दु राष्ट्र कायम हुने, संविधानमा उल्लेख हुने वाचा गरेर वचन दिएको बताइन्छ । तर, संविधान सभाबाट जारी भएको संविधानले नेपाललाई हिन्दु राष्ट्र होइन, धर्म निरपेक्ष राष्ट्र घोषणा गरेपछि नेपाल–भारत सम्बन्ध बिग्रन पुगेको थियो ।

नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणा गर्नेगरी संविधान जारी भएको घटनाप्रति आपत्ति प्रकट गर्दै भारतले नेपालका विरुद्धमा लगभग ७ महिना आर्थिक नाकाबन्दीसमेत लगाएको थियो । अहिले पनि दुई देशबीचको सम्बन्ध पुरानै स्थानमा फर्किन नसकेको बताइन्छ ।

यसैगरी नेपाल धर्म निरपेक्ष र गणतन्त्र राष्ट्र घोषणा भएपछि काठमाडौंको दुईपटकको धार्मिक यात्राको क्रममा पशुपति बनकालीमा नै सार्वजनिकरुपमा उत्तर प्रदेशका मुख्यमन्त्री स्वामी आदित्यनाथले नेपाल पुनः हिन्दु राष्ट्र हुने दाबी गरेका थिए ।

तीन दिने भ्रमणको क्रममा अन्तिम दिन २०७८ चैत २० गते बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चुनाव क्षेत्रसमेत रहेको बनारसमा प्रधानमन्त्री देउवाले गरेको संक्षिप्त भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । किनभने सन् २०२४ पछि नरेन्द्र मोदीको उत्तराधिकारीको रुपमा स्वामी आदित्यनाथलाई भारतको भावी प्रधानमन्त्रीको रुपमा भारतकै राजनीतिक क्षेत्रले समेत हेर्न थालेको छ ।