🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आफ्नै भवनबाट सेवा प्रवाह गर्दै मानवसेवा आश्रम चितवन शाखा

भरतपुर – मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) चितवन शाखाले आज २०७८ चैत २७ गतेदेखि आफ्नै भवनबाट सेवा प्रवाह गरेको छ । चैत २७ गते आश्रमको आफ्नै घरमा गृह प्रवेश कार्यक्रम गरि यसबारे जानकारी गराइएको हो ।

\"\"

भरतपुर – १०, बाइपास रोडमा घर भाडामा लिएर सञ्चालन भएको मानवसेवा आश्रमको पहिलो शाखा चितवन आजदेखि भरतपुर–३, बेलचोकमा भृकुटी स्कूलसँगै सरेको छ ।

मानवसेवा आश्रमले सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर) सडकआश्रित मानवहरुको उद्धार, उपचार, परामर्श एवं पारिवारिक पुनर्मिलन गर्दै आइरहेको छ । पारिवारिक पुनर्मिलन हुन नसक्नेहरुको लागि लौरी स्वरुपको सहारा बनेर लालनपालन, संरक्षण र औषधोपचार गर्दै आइरहेको छ ।

हाल मानवसेवा आश्रमले सातै प्रदेशको १९ जिल्लाहरुमा २७ वटा सेवा केन्द्रहरु विस्तार गरि देशै भरि सेवा प्रवाह गरिरहेको छ ।

कार्यक्रममा मानवसेवा आश्रमका परिकल्पनाकार, संस्थापक अध्यक्ष रामजी अधिकारी, चितवन जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी शर्मा, स्थानीय समाजसेवी प्रेम कुमार श्रेष्ठ, ओमकार कँडेल लगायत महत्त्वपूर्ण व्यक्तिहरुको उपस्थिति रहेको थियो ।