🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एमाले बुद्धिजीवी परिषद् मा डा देवकोटा

काठमाडौँ, २३ चैत (रासस) : नेकपा (एमाले) निकट नेपाल बुद्धिजीवी परिषद्को दशौँ राष्ट्रिय अधिवेशनबाट प्रा डा दिनेशचन्द्र देवकोटा चयन हुनुभएको छ । उहाँको अध्यक्षतामा १३७ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मतरूपमा चयन गरिएको छ ।

डा देवकोटा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुनुहुन्छ । कमिटीको उपाध्यक्षमा क्रमशः विधान आचार्य, प्रा कामानन्द देव, कविता लुइँटेल, डा दीपेन्द्र भण्डारी र राधा अधिकारी, महासचिवमा गजेन्द्र थपलिया, उपमहासचिवमा गोविन्दबहादुर शाही र सुशील विक, सचिवमा क्रमशः कृष्णकुमार लम्साल, डा सुन्दर तिवारी, ऋषि खनाल, टीका ढकाल, डा दीपेन्द्र श्रेष्ठ, डा अर्जुन सिंह र यज्ञ शर्मा तथा कोषाध्यक्षमा गोपीकृष्ण न्यौपाने चयन हुनुभएको छ ।

यही चैत २० र २१ गते आयोजित अधिवेशनले तीन आयोगमा पनि पदाधिकारी चयन गरेको महासचिव थपलियाले जानकारी दिनुभयो । अधिवेशनको उद्घाटन नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो ।
–––