🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अमेरिकाले पूर्ण रूपमा छाड्याे अफगानिस्तान, तालिवानले मनाए खुसीयाली 

२० वर्षपछि अफगानिस्तानबाट अमेरिकी सेना पूर्ण रूपमा फिर्ता भएको छ । अमेरिकी सेना फिर्ताका लागि तालिवानले दिएको अगस्ट ३१ को समयसीमाभित्र अमेरिकी सेनाले अफगानिस्तान छाडेको हो. ।

यसअघि अफगानिस्तानबाट हजारौं अमेरिकी सेना फिर्ता  भए पनि विमानस्थलमा भने  पहरा जारी राखेकाे थियाे ।  तालिवानले अफगानिस्तान कब्जा गरेपछि यहीबीचमा हजारौंको उद्धार गरिएकाे छ । 

बीबीसीका अनुसार, काबुलस्थित अमेरिकी राजदूत रस विल्सन र त्यहाँ रहेका अमेरिकी कमान्डर जनरल क्रिश डोनाह्यु अन्तिम उद्धार उडानमा सहभागी भएका छन् । 

योसँगै अमेरिकाको २० वर्षदेखिको अफगानिस्तान मिसन समाप्त भएको छ ।  

सन् २००१ को सेप्टेम्बर ११ मा पेन्टागन आक्रमण भएको केही समयपछि अमेरिकाले त्यहाँ आफ्नो सेना तैनाथ गरेको थियो । त्यहाँ अमेरिकी सेनाको तैनाथीपछि नै ओसामा विन लादेन तथा उनका थुप्रै अल कायदासँग सम्बद्ध व्यक्तिमाथि कारबाही गरिएको थियो । 

अमेरिकी सेनाले पूर्ण रूपमा अफगानिस्तान छाडेपछि बिद्रोहमार्फत सत्ता कब्जा गर्न सफल तालिवानहरूले खुसीयाली मनाएका छन् । काबुलमा मेसिन गनमार्फत गोली चलाएर तथा रात्रिकालीन आकाशमा रातो प्रकाश छरेर तालिवानीले खुसी मनाएकाे बीबीसीले जनाएकाे छ ,।