🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मोडलिङ क्षेत्रमा भविष्य खोज्दै मोडल स्वस्तिका खड्का

काठमाडौं  – युवा पुस्ताको मोडलिङ क्षेत्रमा आकर्षण बढेसँगै अवसर र चुनौतीहरु समेत थपिदै गएका छन । युवा पुस्ताको सर्बाधिक रोजाइमा परेको मोडलिङ क्षेत्र दिनानुदिन फैलिंदै गएको छ । त्यस्तै मोडल/नायिका बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर सुरु गरेकी मोडल हुन् स्वस्तिका खड्का  ।

नृत्य तथा अभिनयमा पोख्त मोडल स्वस्तिका खड्का सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनी प्रतिको आकर्षण हो । उनी मेहनतका साथ अभिनय र कलालाई अँझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन ।

काठमाडौं कपनकी स्थायी बासिन्दा स्वस्तिका खड्का विगत २ वर्षदेखि यस क्षेत्रमा आबद्ध रहेर ब्यवसायिक मोडलको रुपमा आफूलाई निखार्दै आएकी छिन ।  स्वस्तिका खड्का यदि राम्रो चलचित्र, म्युजिक भिडियोहरूमा अफर आएमा आफू अभिनय गर्न तयार रहेको बताउछिन । सानै उमेरदेखि  मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने स्वस्तिका अभिनयमा पनि  स्थापित हुन चाहन्छिन ।

आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरि सकेकी स्वस्तिका खड्काले टिभि एड, २/३ वटा टेलिसिरियलहरुमा समेत अभिनय गरिसकेकी छिन । सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धा गरेर सिने क्षेत्रमा प्रवेश गरेकी उनले दर्जनौ फेशन शाेहरुमा आफ्नो क्षमता प्रदर्शन गरिसकेकी मोडल स्वस्तिका भन्छिन, अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु ।

 
उनी भन्छिन मानव जीवन भनेको संघर्ष हो, मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अवश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो, एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफू अगाडि बढेको कुरा पनि उनी बताउँछिन।

प्लस टुमा अध्ययनरत स्वस्तिका खड्का परिवारको सहयोग र साथमा मोडलिङ क्षेत्रमा अगाडि बढेकी छिन । मोडलिङ पेशा एक मर्यादित र राम्रो पेशा हो तर हाम्रो समाजको गलत व्याख्याले गर्दा मात्र यस क्षेत्रलाई व्यवस्थित गर्न सकेको छैनौ, अब हामी जस्ता युवा पुस्ता भएर समग्र नेपाली सिने जगत र मोडलिङ क्षेत्रलाई अगाडि बढाउनु पर्छ खड्का भन्छिन ।