🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

श्रीलंकामा गठबन्धन सरकारमा आबद्ध दलका ४० सांसदहरूले पनि दिए राजीनामा

कोलम्बो । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेको गठबन्धन सरकारबाट ४० भन्दा बढी सांसदले छाडेका छन् । राजापाक्षेको श्रीलंका पोदुजाना पेरामुना (एसएलपीपी) नेतृत्वको गठबन्धनमा आबद्ध दलहरूका ४० सांसदहरूले अब आफूले स्वतन्त्र रूपमा प्रतिनिधित्व गर्ने बताएका छन् । 

आर्थिक र विदेशी मुद्रा संकटका कारण विद्युत कटौती र अभावको सामना गरिरहेको श्रीलंकामा राजनीतिक संकट पनि गहिरिएकाे छ । अलग भएका सांसदहरूले विपक्षीहरूलाई समर्थन गर्ने विषयमा केही खुलाएका छैनन् ।

राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गर्दै विपक्षीले सरकारविरुद्ध व्यापक विरोध प्रदर्शन गर्दै आएका छन् । राजापाक्षेको मन्त्रिपरिषद्का सबै सदस्यहरूले यसअघि नै सामूहिक राजीनामा दिएका थिए । तर राष्ट्रपति र उनका भाइ प्रधानमन्त्री महिन्दा राजापाक्षेले भने राजीनामा नदिने बताउँदै आएका छन् ।