आइरन र कार्बाेहाइडेटको मात्रा प्रचुर मात्रामा पाइने भएकोले यसले शरीरलाई तुरुन्त शक्ति र स्पूmर्ति प्रदान गर्दछ । यसमा धेरै मात्रामा खनिज पदार्थ एवं अर्गानिक अम्लहरू पाइन्छ जसले औषधिको रुपमा महत्वपूर्ण भूमिका खेल्दछ । उखुको रस पेट, हृदय, मस्तिष्क एवं आँखाको लागि एकदमै फाइदाजनक छ । उखुको रस सँधै ताजा र छानिएको मत्र पिउनुपर्दछ ।
–रुघाखोकी लागेमा यसको प्रयोग गरेमा तुरुन्त निको हुन्छ ।
–ग्याष्ट्रिक भएको अवस्थामा यसको रस पिएमा पेटमा हुने जलन निको हुन्छ ।
–उखुको रस कागतीको रससँग मिलाएर खाएमा जण्डिस रोगबाट छुटकारा पाउन सकिन्छ ।
–दुब्लो पातलो व्यक्तिहरूका लागि यसको रस एकदमै फाइदाजनक छ ।
–उखुलाई दाँतले चुसेर खानाले कमजोर दाँत बलियो हुन जान्छ ।
उखुँ खाऔं स्वस्थ रहौं



