🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

 

सर्लाही, २० चैत । सर्लाहीको लालबन्दी नगरपालिकास्थित कालिञ्जोर पुल छेउमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएकाे छ । आइतबार पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१७ स्थित कालिञ्जोर पुलमा ना. २९ प २४३७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना. ५ ख ८४८५ नम्वरको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट मोटरसाईकल चालक लालबन्दी नगरपालिका–२ का २५ वर्षीय चन्दु पासवानको मृत्यु ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको हो । 

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पासवानलाई तत्काल लालबन्दीस्थित मोडेल अस्पताल पुर्‍याइएको थियो । लालबन्दीमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि जनकपुर लैजाँदै गर्दा पासवानको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । लालबन्दीमा नपाएपछि रानीगञ्जस्थित पम्पबाट मोटरसाइकलमा पेट्रोल हालेर फर्कंदै गर्दा पासवान सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिएको हो ।

मृतक पासवानको शव परीक्षण पश्चात आफन्तको जिम्मा लगाइएको छ । दुर्घटनामा संलग्न ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

 

Latest News