🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भैंसी गोठमा सहमतिमा करणी, त्यसपछि बलात्कार मुद्दा !

 

काठमाडौं, १० चैत । मंसिरको पहिलो साता गोकान नेपाल रुकुम (पश्चिम) गए । २५ वर्षीय उनी कम्मल र गलैंचा व्यापारी हुन् । चिसो मौसममा बढी बिक्री हुने उनलाई लागेका थियो ।

त्यही भएर उनी चौरजहारी बजारमा पुगे । केही दिन त्यहीँ बसेर बिक्री गरे । यत्तिकैमा उनलाई गाउँतिर जाने रहर भयो र गए पनि ।

गाउँमा जाँदा उनको भेट एक २८ वर्षीय महिलासँग भयो, चिनजान भयो । त्यहीबेला उनीहरूबीच मोबाइल नम्बर आदानप्रदान भयो । फोनमा कुराकानी चल्दै गयो । अन्ततः फोनमै कुराकानी हुँदा भेटघाट गर्न उनीहरू तयार भए । 

जिल्ला सरकारी वकिल कार्यालय जाजरकोटले जिल्ला अदालत जाजरकोटमा दायर गरेको एउटा अभियोग पत्रअनुसार गोकान र ती महिलाबीच २२ फागुनमा महिलाको भैंसी गोठमा भेटघाट भयो । 

भेटपछि महिलालाई गोकनले गोठमै बलात्कार गरेको विवरण अभियोग पत्रमा उल्लेख छ । बलात्कार घटना सार्वजनिक हुनुको कारण भने महिलाका जेठाजु, देवर र गाउँलेले बलात्कार गर्दै गरेको देखिनु भनिएको छ । सोही दिन महिलाको गहुँबारीबाट उनी नियन्त्रणमा लिइएका थिए । 

उनीविरुद्ध महिलाले घटनाको भोलिपल्ट नै प्रहरीमा जाहेरी दिइन् । उनी प्रहरी हिरासतमा छन् । जाहेरीका आधारमा प्रहरीले घटनाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । 

सोही प्रतिवेदनको आधारमा कार्यालयले २०७८ चैत ९ गते  बुधबार जिल्ला अदालत जाजरकोटमा गोकानविरुद्ध ७ वर्षदेखि १० वर्षसम्म कैद सजायको माग दाबी गर्दै अभियोग पत्र दायर गरेको छ । 

तर, अभियोगपत्रमा भने गोकानले महिलासँग सहमतिमै शारीरिक सम्पर्क भएको बयान दिएको विवरण उल्लेख छ । उनका अनुसार २० फागुनमा पनि ती महिलासँग उनको शारीरिक सम्पर्क सहमतिमै भएको थियो । 

अभियोग पत्रमा भनिएको छ, ‘वारदात हुनुभन्दा दुई दिन पहिले पीडित जाहेरवालासँग फोनमा कुरा भई निजले आउनु भैटौंला भन्ने कुरा गरेपछि मैले पनि हुन्छ भनि भेट्न राति गई हाल वारदातस्थल भैंसी गोठमा भेट गरी सहमतिअनुसार रातभरी सँगै सुति करणी (शारीरिक सम्पर्क) गरी बिहान ३ बजेतिर दुबैै जना उठी निज पीडित दूध बिक्री गर्न खलङ्गा बजार जाने कुरा भई हामी दुबै जना आधा बाटोसम्म सँगै आई निज बजारतिर गइन् भने म आफ्नो काममा भएँ ।’

सरकारी वकिल कार्यालयको अभियोग पत्रपछि जिल्ला अदालत जाजरकोटमा गोकानविरुद्ध बलात्कारसम्बन्धी कसूरमा मुद्दा दर्ता भएको छ । 
अब अदालतमा थुनछेक बहस हुनेछ । 

न्युज कारखाना