🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

१ नम्बर प्रदेशका सुरक्षा प्रमुखहरूबाट लेटाङ घटनाको स्थलगत अनुगमन

विराटनगर, चैत्र ७ गते । मोरङको लेटाङ नगरपालिका-५ स्थित शिक्षा बिकाश माध्यमिक विद्यालयमा भएको घटना सम्वन्धमा १ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी., सशस्त्र बराह बाहिनी पकलीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी तथा जिल्ला सुरक्षा समिति मोरङको टोलीले स्थलगत अनुगमन तथा जानकारी लिएका छन् ।

 लेटाङमा उक्त विद्यालयमा अध्ययनरत छात्रालाई सोही  विद्यालयका एक शिक्षकले दुर्व्यवहार गरेको विषयमा वाद विवाद हुँदा विद्यार्थी तथा विद्यार्थीका अभिभावक अन्दाजी ४/५ सय जनाको संख्याले विद्यालयमा तोडफोड गरेकोमा प्रहरीले भिड तितर वितर गर्ने क्रममा आक्रमण हुँदा घाईते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको थियो ।