काठमाडाैं । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेना विभिन्न UN Mission हरुमा सहभागी भई द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्यमा महत्वपूर्ण योगदान पुर्याउदै आईरहेको छ ।
सोही अनुरुप, २०७८ चैत्र ०५ गते UNITED NATIONS SUPPORT MISSION IN LIBYA (UNSMIL) मा तैनाथ स्पेशल गार्ड युनिट (शान्ति सेना) तेश्रो डफ्फालाई बदली गर्नको लागि स्पेशल गार्ड युनिट (शान्ति सेना) चौथो डफ्फाको अन्तिम फ्लाईटमा सेनानी गेलाङ लामाको नेतृत्वमा ८९ जना नेपाली शान्ति सैनिक UN Chartered Flight, Nepal Airlines मार्फत काठमाण्डौंबाट मिशन ईलाकातर्फ प्रस्थान गरेका छन् ।



