🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रात्रिकालिन यात्रुको सहजताका लागि नयाँ बसपार्कभित्र होटल तथा लज

काठमाडौँ, २४ फागुन (रासस) । मुलुकको एकमात्र राष्ट्रिय बसपार्कको रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कमा रात्रिकालिन चालक, सहचालक र यात्रुको सहजताका लागि होटल तथा लज सञ्चालनमा आएको छ ।

नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिले रातिको समयमा काठमाडौँ आएका चालक, सहचालक र यात्रुलाई सहुलियत दरमा खान तथा बस्नका लागि होटल तथा लज सञ्चालनमा ल्याएको हो ।

लोत्सेले यातायात व्यवसायीको सल्लाहमा लामो दूरीबाट आएका चालक, सहचालक र यात्रुलाई रातको समयमा खान तथा बस्नका लागि विचल्ली नहोस् भन्ने उदेश्यले होटल तथा लज सञ्चालनमा ल्याएको प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवरले जानकारी दिनुभयो ।

“लामो दूरीबाट आएका चालक, सहचालक तथा यात्रुलाई सहुलियत दरमा स्वास्थ्य खाना खुवाउने र सुताउन मिल्ने लक्ष्यसहित होटल तथा लज सञ्चालनमा ल्याएका हौँ”, उहाँले भन्नुभयो ।

होटल सञ्चालनमा आए पनि लज भने वैशाखपछि मात्र सञ्चालनमा आउने अध्यक्ष कुँवरको भनाइ छ । होटलमा एकपटकमा २०० जनाले खाना खान मिल्ने गरी व्यवस्था गरेको लोत्सेले लजमा भने प्रत्येक दिन १०० जनासम्म सुत्न मिल्नेगरी व्यवस्था गरेको छ ।

अध्यक्ष कुँवरले चालक, सहचालक र यात्रुको सुविधाका लागि क्रमशः अन्य सेवासमेत विस्तार गर्दै लैजाने बताउनुभयो ।

लोत्सेले पर्यटक बससमेत नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्नेगरी तयारी गरिरहेको छ । “पर्यटक बस नयाँ बसपार्कबाट व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि पर्यटक बस व्यवसायीसँग छलफल भइरहेको छ”, उहाँले भन्नुभयो ।

काठमाडौँ महानगरपालिका–२६ गोँगबुमा १६१ रोपनी क्षेत्रफलमा सञ्चालित उक्त बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा यात्रु सार्वजनिक यातायातमार्फत आवतजावत गर्दै आएका छन् ।

नयाँ बसपार्कबाट पश्चिमको हुम्लाबाहेक सबै जिल्लामा बस आवतजावत गर्दै आएको छ भने पूर्वमा सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतको जिल्लामा सवारीसाधन जाँदैनन् ।

काठमाडौँ महानगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गा विसं २०५६ मा महानगरपालिकाका तत्कालीन प्रमुख केशव स्थापित र ल्होत्से बहुउद्देश्यीय प्रालिका तत्कालिन अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता गरेर नयाँबसपार्क सञ्चालनमा आएको हो ।

प्रविधिमैत्री टिकट बुकिङ काउण्टर स्थापना गरेर यात्रुलाई सेवा प्रदान गर्दै आएको लोत्सेले बस टिकट खरिद तथा बुकिङका लागि क्यू आर कोर्डमार्फत भुक्तानी हुने व्यवस्था समेत मिलाएको छ ।

नयाँ बसपार्कमा हाल एक हजार ५०० को हाराहारीमा सार्वजनिक सवारी साधन पार्किङ गर्न मिल्छ भने दैनिक एक हजारको हाराहारीमा सार्वजनिक यातायात देशका विभिन्न जिल्लामा ओहोरदोहोर गर्दै आएका छन् ।

लोत्सेले विसं २१०२ सम्म नयाँबसपार्क सञ्चालन गर्न पाउने गरी सम्झौता गरेको र सो अवधि सकिएपछि काठमाडौँ महानगरलाई जिम्मा लगाउने बताइएको छ ।
–––