🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

करोडौं चलखेलमा किष्ट कलेजलाई पीजी कोटा ?

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सुशासन कायम गर्ने कुरालाई प्राथमिकता दिएको छ । तर ओली सरकार गठन भएको २० दिन पनि नबित्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाले कुनै पनि पूर्वाधार नभएको किष्ट मेडिकल कलेजलाई करोडौं रुपैयाँ  घुस खाएर ९ वटा बिषयमा पोष्ट ग्राजुएसन(पीजी) पढाउने अनुमति दिएको आरोप लागेको  छ ।

त्रिविले २०७४ फागुन २३ मा किष्ट, चितवन मेडिकल कलेज, नेपाली सेनाको मेडिकल कलेजलाई पीजीको अनुमति दिएको छ । तर अरुको बिषयमा विवाद नभए पनि २५ जना पनि बिरामी  नभएको रित्तोको अवस्थामा रहेको किष्ट कलेजलाई त्रिभुवन विश्वविद्यालयले ९ वटा बिषयमा पोष्ट ग्राजुएसन(पीजी)को स्वीकृति दिने क्रममा आर्थिक चलखेल भएको चर्चा ब्यापक रुपमा चलेको स्रोतको दावी छ ।

 
पहिला पीजी दिने बिषयमा चिकित्सा शास्त्र अध्ययन संस्थान(आइओएम)को फ्याकल्टीबोर्डले निर्णय गर्दथ्यो  । फ्याकल्टी बोर्डले बिरामीको संख्यादेखि सबै मापदण्ड हेरेर मात्र निर्णय गर्ने भएकाले मेडिकल माफियाहरुको योजनामा त्रिविविका उपकुलपति तीर्थ खनियाँले त्रिवि मातहत ल्याएर किष्टलाई ९ वटा बिषयमा पीजीको कोटा दिएका छन् ।

सेनाको मेडिकल कलेजलाई पीजी अनुमति दिएको बिषयमा कुनै विवाद नभए पनि किष्ट र चितवन मेडिकल कलेजसंग त्रिविका उपकुलपति खनियाले करोडौं घुस खाएर अनुमति दिएको आरोप छ । किष्ट जस्ता कुनै पनि पूर्वाधार नभएका कलेजले आइओएमबाट खोसेर पीजीको अनुमति दिने अधिकार त्रिविमा ल्याई आर्थिक चलखेलमा अनुमति लिन सफल भएका छन् । 

आइओएमका एक चिकित्सकले भने–‘९ वटा बिषयमा पोष्ट ग्राजुएसन अध्ययनका लागि ४–५ सय बिरामी चाहिन्छ । तर किष्टमा २० जना पनि बिरामी छैनन् ? विद्यार्थीले कहा“ प्राक्टिस गर्ने ? एउटा बिषय उदाहरणका लागि हड्डीमा पीजी गर्नका लागि २५ भन्दा बढी बिरामी चाहिन्छ । तर किष्टमा २० जना पनि छैनन् । किष्टले वार्डका २०२५ जना बिरामी देखाएर ९ वटा बिषयमा पीजीको अनुमति लिएको छ । तर किष्टमा छड्के अनुगमन गर्ने हो भने बढीमा २५ जना भन्दा बिरामी भेटिदैन ।

९ बिषयमा एक बिषय बराबर कम्तीमा २ जनालाई पीजी कोर्ष पढाउन सके पनि किष्टले बार्षिक १० करोड रुपैयाँ  विद्यार्थीबाट लिनेछ । एउटा बिषयमा ४ जनासम्म पनि अध्ययन गर्ने स्वीकृति लिने गरेका छन् । एक विद्यार्थी बराबर पोष्ट ग्राजुएसनमा ४० देखि ५० लाख मेडिकल कलेजले लिने गरेका छन् । यसरी एक बर्षको आम्दानीबाट त्रिविका भीसी खनियाको समूहलाई प्रलोभनमा पारेर किष्ट जस्तो पूर्वाधार नै नभएको मेडिकल कलेजले पीजीको अनुमति लिएको स्रोतको दावी  छ । (२०७४ चैत १२ गतेको साँघु साप्ताहिकबाट)