🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ठेकेदारले धरौटी रकम फिर्ता लिन गरे मुद्दा दायर

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले न्यूनगुणस्तरको डिएपी मल खरिद गरेको आरोप लागेपछि मल ल्याउन सिफारिस भएका ठेकेदार र कम्पनी दुवै माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन शुरु गरेको छ । २०७८ पुस १९ गते आयोगले कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसहित १० जना विरुद्ध डेढ अर्बको भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयोगले मुद्दा दायर गरेकाहरुमा नेपाल इन्भारोमेन्ट एण्ड साइन्टिफिक सर्भिसेस प्राइभेट लिमिटेड र जोशी बीज हाउस प्राइभेट लिमिटेड रहेका छन् । कम गुणस्तरको डिएपी मल आपूर्ति गरेको भन्दै कम्पनीका तत्कालीन महाप्रवन्धक भण्डारी र खरिद प्रमुख बिष्णु पोखरेलसहितलाई आयोगले एक अर्ब ५३ लाख २२ हजार ४ सय छ रुपैयाँ ७२ पैसा सरकारी रकम हानी नोक्सानी पु¥याएको भन्दै सो बरावरको बिगो दाबी गरिएको छ ।

अहिले उक्त मुद्दा उच्च अदालत पाटन रहेको छ । ०७८ फागुन ११ गते उक्त मुद्दाको पेशी तोकिएको भएपनि कुनै कारबाही प्रक्रिया अगाडि बढ्न नसक्दा सुनुवाई नै हुन सकेन । मल आयातकर्ताले मल खरिदको लागि राखेको बैंक ग्याारेन्टी रकम जोगाउनका लागि मुद्दा हालेको समाचार स्रोत बताउँछ । तर, संस्थानले नियमानुसार ग्यारेण्टी जफत गरेको हुनाले ठेकेदारले पाउने कुनै आधार नभएको समाचार स्रोतले बताएको छ । जुन काम र जिम्मेवारीका लागि ठेकेदार चयन गरिएको हो, त्यो काम पूरा नगरेपछि रकम फिर्ता दिने त कुनै आउँदैन –कम्पनीका एक कर्मचारीले साँघुलाई बताए ।

ठेकेदार कम्पनीको भनाइलाई मान्ने हो भने मलमा ‘४० वर्षदेखि हालिमुहाली गर्दै आएको स्वीस सिंगापुर कम्पनीले मल ल्याउन अवरोध गरेका कारण समस्या भएको आयातका लागि ठेक्का पाएका कम्पनीको भनाई छ । प्रकृया मिलाएर ल्याएको मल पनि भारतको बन्दरगाहमा जहाज रोक्न नदिएका कारण फिर्ता गयो यही कारण ठेकेदार कम्पनीको २५ करोड रकम डुवेको पीडितको भनाई छ ।

यता, कम्पनीले भने समयमा मल ल्याउन नसकेको भन्दै ठेकेदारको जमानत जफत गरिसकेको र नियम अनुसार जफत गरेको रकम फिर्ता लिनका लागि ठेकेदारले मुद्दा दर्ता गरेको समाचार स्रोत बताउँछ । मल ल्याउन नसकेपछि कम्पनीले ठेकेदारसँग गरेको शर्त तथा बन्देजको अधिनमा रही ठेक्का तोडिसकेको छ । 

ठेकेदार कम्पनीले भने ४० वर्षदेखि एउटै कम्पनीले मल ल्याउने परम्पराको अन्त्य गर्न चाहेको भएपनि त्यसलाई तोड्न कम्पनीले सकेको थिएन । यसरी आउने मल डेढ गुणा महँगो पर्ने गरेको बताइन्छ । मुलुक भित्र मल उत्पादन कारखाना नहुँदा हरेक वर्ष ठूलो परिमाणमा नेपालले विदेशबाट मल आयात गर्दै आएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा ७७ अर्ब रकम बरावरको रासायनिक मल आयात भएको थियो ।