🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कांग्रेस जिल्ला अधिवेशन : नेतृत्वका लागि त्रिपक्षीय दाैड

महोत्तरी । नेपाली कांग्रेस महोत्तरीकाे नेतृत्व चयनका लागि भाेलि २० फागुनमा हुन लागेकाे निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएकाे छ ।  जिल्ला सभापतिको लागि यहाँ तीन जना  मैदानमा उत्रिएका छन् ।

नेता रामचन्द्र पौडेल पक्षधर प्यानलबाट बजरङ्ग नेपाली र सभापति शेरबहादुर देउवा पक्षधर प्यानलबाट नागेश्वर यादव र सुशील यादवले उम्मेदवारी दिएका छन् ।  पौडेल पक्षकै केहि नेताले देउवा प्यानलका उम्मेदवार नागेश्वर यादवलाई समर्थन गरिरहेको स्थानीय कार्यकर्ताकाे भनाइ छ । 

पौडेल समूहका भनेर चिनिने रामचन्द्र तिवारी र किरण यादवले देउवा समूहका उम्मेदवारलाई समर्थन गरेपछि पौडेल प्यानलवाट उम्मेदवारी दिएका बजरङ्ग नेपाली अल्पमतमा पर्ने निश्चित रहेकाे उनीहरूकाे दावी छ ।

तर, आफ्नै प्यानलका उम्मेदवारलाई रामचन्द्र र किरणले किन असहयोग गरिरहेका छन् भन्ने बिषय नेताकार्यकर्ताबीच चर्चामा छ । पौडेल समूहकै छलफलबाट  उम्मेदवार बनेका नेपालीलाई अन्तिम समयमा आएर धोका हुन लागेको पौडेल समुहको निष्कर्ष छ ।

`अधिबेशन त निश्चित भयो तर, आफ्नै प्यानलका नेताहरुले धोक्का दिने स्थिति बन्दैछ,' कांग्रेस महोत्तरीका सचिव सम्भु पाठकले भने । पौडेल प्यानलमा समेत रहेका पाठकले बजरङ्ग नेपालीले जित्ने निश्चित हुँदाहुँदै रामचन्द्र तिवारी र किरण यादवले विपक्षी प्यानलमा लविङ्ग गरेको आरोप लगाए ।