🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आ–आफ्नो दलमा छलफल गरेर सत्ता गठबन्धनले चुनावी तालमेलबारे निर्णय लिने

काठमाडौं । सत्तारुढ गठबन्धनले आगामी स्थानीय तहको चुनावमा तालमेलको लागि आ–आफ्नो दलभित्र छलफल गरेर मात्रै निर्णय लिने भएको छ ।  आज बिहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको चार दलीय गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो । 

सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा), नेपालका शीर्ष नेताहरुबीच भएको छलफलले यस्तो निर्णय गरेको कांग्रेस नेता तथा सत्ता गठबन्धन राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलको सचिवालयले जनाएको छ । पौडेल बैठकमा सहभागी थिए ।  

चुनावी तालमेलबारे पहिला आ–आफ्नो दलमा छलफल गरेर सत्ता गठबन्धनको बैठकबाट निर्णय लिने गरी आजको बैठक सकिएको छ । आजको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमाललेलाई संसद अवरोध नगर्न आग्रह गर्ने निर्णय पनि गरेको छ । 

बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, संचार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की , कांग्रेस नेता पौडेल , माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।