🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जबरजस्ती करणी गरी बालिकाको हत्या गरेको अभियोगमा एक जना पक्राउ

 

मोरङ, १५ फागुन  ।   १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा लेटाङ नगरपालिका-८ बस्ने ६४ वर्षीय दिपक गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

लेटाङस्थित श्री जाँते उच्च माबिमा ६ कक्षामा पढ्ने बालिका गत बुधबार स्कुल छुट्टी भएपश्चात घर फर्कने क्रममा हराई बेपत्ता भएको भन्ने खबर ईलाका प्रहरी कार्यालय लेटाङमा प्राप्त भएपछि खोजी गर्नेक्रममा फागुन १३ गते शुक्रबार बिहान लेटाङ नगरपालिका-८ लाल हिरा सामुदायिक बनमा ढुङ्गाले छोपेको अवस्थामा उनको शव फेला परेको थियो ।

दिपकले ती बालिकालाई विद्यालयबाट फर्किदै गर्दा बाटोमा एक्लै फेला पारी फकाई फुल्याई जंगल भित्रको बाटोबाट जाँदा छोटो पर्छ भनि लगेर शारीरिक सम्पर्कको लागि प्रस्ताव गर्दा अस्वीकार गरे पश्चात जवरजस्ती करणी गरी सकेपछि पोल खोल्न सक्ने डरले बालिकालाई घाँटी थिच्दै मुख थुनेर हत्या गरी नजिकै रहेको खोल्सीमा घोप्टो पारेर ढुंगाले शव छोपेको खुल्न आएको छ । साथै उनले हत्या पश्चात बालिकाको सबै लुगा, कपडा र जुत्ता समेत आफैले बोकेर ल्याई आफ्नै घर पछाडी रहेको खोल्सीमा जलाई घर फर्किएको खुल्न आएको छ ।

प्रहरीले उक्त खोल्सीमा रहेको खरानीको थुप्रोबाट बेल्टको बक्कल र कडी, जुत्ताको सोलको भाग, ज्याकेटको बटमहरू र फरकको खिपहरू र सो नजिकै लाईटर समेत फेला पारी बरामद गरेको जानकारी दिएकाे  छ ।