काठमाडाैं । प्रधान सेनापति महारथी प्रभुराम शर्मा र बेलायती सेनाका Lt. General Richard Wardlaw OBE बीच २०७८ फाल्गुण १३ गते जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको जानकारी नेपाली सेनाले दिएकाे छ ।
सेनाका अनुसार, प्रधान सेनापति महारथी शर्माको कार्यालयमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको बताएकाे छ ।



