🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पोसिलो खानेकुरासहित सुत्केरी भेट !

 

खोटाङ, १३ फागुन : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेकी सुत्केरी सलिता भण्डारी बिहीबार १६ दिनको नवजात शिशुलाई दुध चुसाइरहेकी थिइन् । त्यहीबेला गाउँघरका महिलाको टोली पोषिलो खानेकुरासहित सलिताको घरमा पुगे ।

टोलीमा कसैले चामल बोकेका थिए, कसैले फलफूल र गेडागुडीको पोको बोकेका थिए । ‘सुत्केरी भेट’ कार्यक्रम अन्तर्गत स्वास्थ्यचौकी खाल्ले र स्थानीय पञ्चरंगी आमा समूहको सहकार्यमा महिलाको समूहले सुत्केरीलाई पोषिलो खानेकुरासहित भेटघाट गरेका हुन् ।

उनीहरूले आफ्नो गाउँठाउँमा उपलब्ध हुने कुखुराकाे भाले, चामल, दाल, सागपात, अण्डा, मुन्टा, गुन्द्रुक, केरा लगायतका पोषिलो परिकार संकलन गरेर सुत्केरीलाई प्रदान गरेका छन् । आमा समूहमा आवद्ध महिलाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्यलाभको कामना गरे अनि आमा र नवजात शिशुको स्वस्थ स्वास्थ्यका लागि सावधानीका उपायबारे सल्लाह दिएर फर्किए । 

२४ वर्षीया भण्डारीले पहिलो सन्तानलाई जन्म दिएकी हुन् । सुत्केरी भेटका क्रममा वडाध्यक्ष डिल्ली चाम्लिङ, स्वास्थ्यचौकी खाल्लेका अनमी हिरामाया दाहाल, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहका सदस्य लगायत पुगेका थिए ।

सुत्केरी अवस्थाका आमाका लागि आवश्यक पोषणयुक्त खानेकुराको अभाव पूर्ति गर्दै आमा र बच्चाको स्वस्थ स्वास्थ्यका लागि खाल्लेमा २०७६ चैतदेखि पोषिलो खानेकुरा लिएर ‘सुत्केरी भेट’ गर्ने कार्यक्रम सुरु गरिएको स्वास्थ्यचौकी खाल्लेका एचए सन्तोष भट्टराईले बताए ।

न्युज कारखाना