🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रुसले सन् १९४५ पछिकै ठूलो युद्धको योजना बनायोः बेलायती प्रधानमन्त्री जोनसन

लन्डन।बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुसले युरोपमा सन् १९४५ पछिकै ठूलो युद्धको योजना बुनिरहेको आरोप लगाएका छन् । बीबीसँगको एक अन्तर्वार्तामा प्रधानमन्त्री जोनसनले भने, ‘ सबै संकेतहरू यस्ता छन कि योजना केही अर्थमा सुरु भइसकेको छ । ’

रुसले राजधानी किभलाई घेरा हालेर युक्रेनमा आक्रमण गर्न खोजेकोे गुप्तचरले जानाकारी दिएको उनले बताए । ‘मानिसहरुले मानव जीवनको मूल्य बुझ्न आवश्यक छ,’ प्रधानमन्त्रीले थपे ।

रुसी आक्रमण हुनै लागेको हो त भन्ने बीबीसीको जिज्ञासामा प्रधानमन्त्री जोनसनले भने, ‘मलाई डर छ, जसलाई प्रमाणले इंगित गरेको छ । ’ ‘तथ्य यो हो कि योजना पहिले नै केही इन्द्रियहरूमा सुरु भइसकेको छ ।’ उनले अगाडि थपे । 

करिव १ लाख ६९ हजार देखि १ लाख ९० हजार रुसी सेना युक्रेनको सीमामा रहेको अमेरिकाले पछिल्लो पटक अनुमान गरेको छ । तर, यो तथ्यांकमा पूर्वी युक्रेनमा सरकारविरुद्ध विद्रोह गरिरहेका विद्रोही पनि पर्छन् । 

रसियाले जुनसुकै बेला युक्रेनमा हमला गर्न सक्ने पश्चिमा मुलुकहरुले सावधानी दर्शाउँदै आएका छन् ।तर, रसियाले ती देशको दाबी अस्वीकार गर्दै आएको छ । आफूहरुलै सैन्य अभ्यास गरेको रुसको भनाई छ । 

‘मलाई यो भन्न डर छ की जुन योजना हामीले देखिरहेका छौ, त्योे वास्तवमा आकारका हिसावल युरोपमा सन् १९४५ पछिकै ठूलो युद्ध हुन सक्छ,’ जोनसनले भने ।  युक्रेनको सम्भावित हानीबारे मात्र नभएर मानिसहरुले युवा रसियालीको बारेमा पनि सोच्नुपर्ने आवश्यकता भएको उनले बताए ।

अमेरिकी राष्ट्रपति जोन बाइडेनले रसियाली फौज युक्रेनको पूर्वी क्षेत्र र विद्रोहीको पकड रहेको दोनबासबाट मात्र नभई बेलारुसको तल्लो भाग र राजधानी किभ वरपरको क्षेत्रबाट युक्रेन प्रवेश गर्ने योजनामा रहेको पश्चिमा नेताहरुलाई जानाकारी दिएकोसमेत प्रधानमन्त्री जोनसनले बताए । बाइडेनले गुप्तचर सूचनाका आधारमा पश्चिमेली देशका नेताहरुलाई सो जानाकारी दिएका थिए । एजेन्सी