🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अरुण नदीको बेलीब्रिज भाँचिएपछि यात्रुलाई सास्ती : बेलीब्रिज बनाउन सेनालाई दिने

खाँदबारी, ५ फागुन (रासस) : सङ्खुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलीब्रिज भाँचिएपछि स्थानीयवासीले सास्ती पाएका छन् । गत वर्ष फागुन २९ गते मकालु–५ को नुम र वडा नं १ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलीब्रिज भाँचिएको थियो । अरुण नदीमा बेलीब्रिज भाँचिएपछि गाउँपालिका केन्द्रको सम्बन्धविच्छेद भएको मकालु–१ का वडाध्यक्ष वाङदी शेर्पाले जानकारी दिनुभयो ।

निर्माण सामग्री बाकेको लोवेट तार्ने क्रममा बेलीब्रिज भाँचिएको हो । अरुण नदीको बेलीब्रिज भाँचिएपछि आवतजावत ठप्प भएको वडाध्यक्ष शेर्पाले बताउनुभयो । बेलीब्रिज भाँचिएपछि वालुङतर्फ जाने र नुम आउने गाडीसमेत रोकिएका छन् । बेलीब्रिज भत्किएपछि दैनिक उपभोग्य खाद्यान्नलगायतका सामग्री डोकामा बोकेर लैजानुपर्ने अवस्था भएको वडाध्यक्ष शेर्पाले बताउनुभयो ।

बेलीब्रिजको क्षमताभन्दा बढी सामग्री बोकेर बेलीब्रिज तार्ने गाडी चालकलाई कारबाही गर्नसमेत वडाध्यक्ष शेर्पाले माग गर्नुभयो । बेलीब्रिज चाँडो बनाउन सरोकारवाला निकायसँग माग गरिसकेको वडाध्यक्ष शेर्पाले बताउनुभयो । निर्माणाधीन इप्सुवा हाइड्रोपावर कम्पनीको निर्माण सामग्री लिएर गएको तीनवटा लोवेट ट्रक एकैपटक तार्ने क्रममा बेलीब्रिज भाँचिएको हो ।

बेलीब्रिज बनाउन सेनालाई दिने

मकालु–५ र १ जोड्ने बेलीब्रिज बनाउन नेपाली सेनालाई दिने तयारी भएको इप्सुवा हाइड्रोपावर कम्पनीका आयोजना प्रमुख भरत खत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बेलीब्रिज बनाउन नेपाली सेनाले समेत चासो देखाएको छ, बेलीब्रिजको अध्ययन गर्न सेनाको टोली मकालु पुगिसकेको छ ।”

आयोजना प्रमुख खत्रीका अनुसार बेलीब्रिजको निर्माण एक महिनाभित्र सम्पन्न गर्ने बताउनुभयो । बेलीब्रिज बनाउने नेपाली सेनाको टोलीको पनि सहयोग गर्ने भएका कारण महिना दिनभित्रै सम्पन्न गर्ने उहाँको भनाइ छ ।

चौवन्न मिटर लामो बेलीब्रिजको क्षमता ३० टनमात्र रहेको थियो । विसं २०७५ मा इप्सुवा हाइड्रोपावरले अरुण नदीमा निर्माण सामग्री लैजान बेलीब्रिज निर्माण गरेको हो ।
–––