काठमाडाैं । "सेना दिवस-२०७८" को उपलक्ष्यमा नेपाली सेना तथा सैनिक श्रीमती संघले २०७८ फाल्गुण ०४ गते सिरहा जिल्ला, विष्णुपुर गाउँपालिका वडा नं. ४, थलहा कटहास्थित श्री माध्यमिक विद्यालयलाई सहयोग स्वरुप फर्निचर तथा स्टेशनरीका सामग्रीहरु वितरण गरेको जानकारी नेपाली सेनाले दिएकाे छ ।
(क) बेन्च तथा टेबल- सेट २००
( ख) स्टिलको दराज – थान ६
(ग) जुत्ता राख्ने र्याक – गोटा ४
(घ) ह्वाईट बोर्ड – गोटा २
(ङ) सूचना बोर्ड – गोटा १
समाचार अनुसार, विद्यालयका छात्र छात्राहरुको पठन पाठनलाई टेवा पुर्याउने उद्देश्यका साथ सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती सुनिता शर्माको प्रमुख आतिथ्यतामा संचालन भएको उक्त सहयोग कार्यक्रममा २७ बाहिनी अड्डाका बाहिनीपति, सिरहाका प्रमुख जिल्ला अधिकारी, सैनिक श्रीमती संघका उपाध्यक्ष तथा अन्य पदाधिकारीहरु, नेपाली सेनाका अधिकृतहरु, जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुखहरु, बिष्णुपुर गाउँपालिकाका अध्यक्ष, पत्रकारलगायत समाजसेवी, बुद्धिजीवी, शिक्षक तथा छात्र/छात्राहरुको उपस्थिति रहेको थियो ।



