🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अनियमित नापतौल गर्ने दुई हजार कारवाहीमा

काठमाडौँ, ११ चैत (रासस) : नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गर्ने दुई हजार १३६ व्यापारीलाई कारवाही गरेको छ ।

कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा अनियमित रुपमा नापतौल गर्दै आएका व्यापारीलाई कारवाही गरेको कार्यालयका प्रमुख शशिभूषण यादवले जानकारी दिए  ।

कार्यालयबाट चालु आवमा एक हजार १५६ व्यवसायीले नयाँ अनुमतिपत्र र ४२ व्यवसायीले इजाजतपत्र लिएका छन् । यस्तै चार हजार ४३० व्यवसायीले नाप्ने तौलने यन्त्रको जाँच, ३४० पेट्रोलपम्प जाँच र १६ पेट्रोलियम ढुवानी ट्याङ्कर जाँच गरिएको छ । कार्यालयले चालू आवमा करीव रु एक करोड ८६ हजार राजश्व संकलनसमेत गरेको छ ।