🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानमन्त्रीलाई योगेशको प्रश्न : नेपालको चुच्चे नक्सा कता गयो ?

काठमाडौं, १ फागुन : प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले १ सय दिनमा गरेका कामहरुबारे प्रकाशन गरिएको पुस्तकमा चुच्चे नक्सा नराखेको भन्दै बिरोध भएको छ । 

नेपाल सरकारले प्रकाशन गरेको तस्बिरमा सरकारका १०० दिन नामक पुस्तकमा चुच्ने नक्सा नराखिएको भन्दै बिरोध भएको हो । 

नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदले सर्वसम्मतरुपमा पास गरेको नेपालको चुच्ने नक्सा कता गयो भन्दै प्रधानमन्त्रीसमक्ष प्रश्न गरेका छन् । 

'नेपाल सरकार प्रकाशक रहेको तस्बिरमा सरकारका १०० दिन पुस्तकमा नेपालको संसदले सर्वसम्मत रुपले पास गरेको नेपालको चुच्चे नक्सा कता गयो प्रम देउवाज्यु?' उनले भनेका छन्, 'कि तपाईंलाई संसदको निर्णय मान्य छैन ? होइन भने यो हदको लापरवाही गर्नेलाई कार्वाही भएको र प्रम देउवाले सार्वजनिक रुपमा माफी मगेको खबर सुन्न नेपाली जनता आतुर छन् ।'

न्युज कारखाना