दार्चुला। दार्चुला जिल्लाको महाकाली नगरपालिका ५ स्थित महाकाली नदिको बीचमा फसेकी एक महिलाको सशस्त्र प्रहरीले २०७८ फागुन १ गते सकुशल उद्धार गरेको छ ।
सोही ठाउँ बस्ने करीव ३० वर्षीया ललिता ओड उक्त नदिमा बालुवा निकाली रहेको अवस्थामा पानीको बहाव बढ्न गई नदीको बीच भागमा फसेको बताईएको छ ।
सोबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक टेकबहादुर ऐडीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले उनको उकुशल उद्धार गरेको हो ।



