🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जसपाका केन्द्रीय सदस्य चौधरीसहित ३२ जना नेकपा एमालेमा प्रवेश

सप्तरी, २३ माघ : जनता समाजवादी केन्द्रीय सदस्य कल्पना चौधरी (थारु)सहित नेता कार्यकर्ता २०७८ माघ २३ गते आइतबार नेकपा एमालेमा प्रवेश गरेका छन् । 

सप्तरीको कञ्चनरुप नगरपालिका-९ स्थित रुपनगरमा आइतबार आयोजित एक कार्यक्रममा केन्द्रीय सदस्य चौधरी जसपा परित्याग गरी एमालेमा प्रवेश गरेकी हुन् ।

\"\"

एमाले कञ्चनरुप नगर समिति संयोजक बच्चुलाल चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका पोलिटव्युरो सदस्य सुमन प्याकुरेलले माला र अवीर लगाएर चौधरीलाई पार्टी प्रवेश गराएका हुन् ।

चौधरीसँगै कञ्चनरुप नगरपालिका वडा नम्बर ७ मा जसपाबाट निर्वाचित वडा सदस्य निर्मला चौधरी, सप्तकोसी नगरपालिकामा जसपाबाट उपप्रमुख पदका प्रत्याशी उम्मेदवार रम्भा सरदार, सप्तकोसी नगर समिति सदस्य बाबुराम चौधरी, नन्दलाल चौधरीलगायत३२ जना नेता, कार्यकर्ता जसपा परित्याग गरेर एमालेमा प्रवेश गरेका हुन् ।

नव प्रवेशीलाई पोलिटब्युरो सदस्य प्याकुरेल, केन्द्रीय सदस्य एवं सप्तरी जिल्ला इन्चार्ज दिवाकर देवकोटा, केन्द्रीय सदस्य एवम् जिल्ला सहइन्चार्ज राजकुमार लेखी, केन्द्रीय सदस्य एवं सहइन्चार्ज सरिता गिरीलगायतले माला अवीर लगाएर पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्त मिश्रा, सप्तकोसी नगरपालिकाका प्रमुख उत्तमकुमार गौतम, पार्टीका प्रदेश सदस्य बोधराज सुवेदीलगायतका जिल्ला स्तरीय नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।