🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

काँग्रेस कार्यसमिति बैठकमा निर्वाचनपछिको समीक्षा हुँदै

काठमाडौँ, ९ चैत : प्रमुख विपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक निर्वाचनपछिको परिस्थितिका बारेमा समीक्षा गर्न शुरु भएको छ ।

\"\"

पार्टी केन्द्रीय कार्यालय सानेपामा चैत ९ गते  मध्याह्न १२ बजेदेखि शुरु भएको बैठकमा गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न उक्त निर्वाचनमा काँग्रेसले प्राप्त गरेको अनपेक्षित परिणामका बारेमा समग्र रुपमा समीक्षा गरिनेछ ।

पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षमा शुरु भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइरालालगायत पदाधिकारी तथा केन्द्रीय सदस्य सहभागी भएका छन्।

यसअघि गत माघ ४ र ५ गते बसेको केन्द्रीय समिति बैठकमा निर्वाचनको परिणामका बारेमा सामान्य समीक्षा भए पनि विस्तृतरुपमा आजको बैठकमा समीक्षा हुने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

निर्वाचनपछि काँग्रेसको यो पाँचौँ केन्द्रीय कार्यसमिति बैठक भए पनि हालसम्मका बैठकमा निर्वाचनको परिणामका बारेमा विस्तृत समीक्षा हुन सकेको थिएन । यसअघिका बैठक राष्ट्रियसभा सदस्य निर्वाचन, पार्टीको संसदीय दलको विधानमाथिको छलफल तथा निर्वाचन, राष्ट्रपतिको निर्वाचनलगायत विषयमा पार्टीका तर्फबाट निर्णय लिन केन्द्रित थिए ।

विस्तृत छलफलका क्रममा तीन÷चार दिनसम्म चल्ने यस बैठकले पार्टीको महासमिति बैठकको मिति र स्थान पनि तोक्ने उनले बताए  । पार्टीमा केही युवा नेताले समूह नै बनाएर नेतृत्वको कार्यशैलीका कारण निर्वाचनमा पार्टीले पराजय भोग्नुपरेको आरोप लगाउँदै आएका छन् ।

बैठकमा पार्टीका वरिष्ठ नेता पौडेल पक्षधर केन्द्रीय सदस्यहरुले नेतृत्वको गलत शैलीका कारण निर्वाचनमा पराजय भोग्नुपरेको भनी आलोचना गर्ने र सभापति देउवा पक्षका केन्द्रीय सदस्यले त्यसको बचाउ गर्ने तयारी गरेको बताइएको छ ।

मुलुककै ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी काँग्रेसले हालै सम्पन्न २७५ सदस्यीय प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४१ गरी ६३ स्थानमा मात्र विजय हासिल गरेको थियो ।

त्यस्तै प्रदेशसभामा पनि अनपेक्षित परिणाम हासिल गरेको काँग्रेस यतिखेर सातै प्रदेश र संघीय संसदमा  प्रमुख प्रतिपक्षको भूमिकामा छ । यस परिस्थितिमा पार्टीको अबको कार्यदिशा तय गर्नका लागि यो बैठकलाई महत्वपूर्ण रुपमा लिइएको छ ।

(रासस)
–––