🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तरकारीमा घातक विषादी नै विषादी : परीक्षण झारा टार्ने काम मात्रै ! 

काठमाडौं । काठमाडौंको कालिमाटीमा विषादी अवशेष द्रुत इकाई खडा छ । यसको मुख्य उद्देश्य हो, तरकारीमा विषादीको मात्रा पत्ता लगाउनु । इकाईमा गत महिना २४७ तरकारी परीक्षण गरिएकोमा दुई दर्जनमा विषादी भेटिए । बोडी, काउली, गोलभेंडा, सिमीलगायत तरकारीमा विषादीको मात्रा पाइएको हो ।  यसले उपत्यकामा भित्रिएका तरकारीमा विषादीको चर्को समस्या रहेको संकेत गर्छ । तर, स्वदेश तथा विदेशमा उत्पादित तरकारीको गुणस्तर परीक्षणमा राज्य उदासीन रहँदै आएका छन् । विषादी मात्रा परीक्षण नहुँदा उपभोक्ताको भान्छामा विषादीयुक्त तरकारी पुगिरहेका छन् । 

 भएन क्षमता वृद्धि 
 सरकारले तरकारीको विषादी परीक्षण थालेको सात वर्ष पुगेको छ । देशका विभिन्न भागमा प्रयोगशाला स्थापना गरिए पनि परीक्षण भने नाम मात्रको छ । प्रयोगशालाको क्षमता विकासतर्फ राज्यको समुचित ध्यान पुग्न सकेको छैन । भारतमा उत्पादित भएर नेपाली बजारमा आइपुगेका तरकारीमा मात्र होइन, स्वदेशमै उत्पादित तरकारीमा पनि विषादीको मात्रा उच्च रहेको तथ्यांकले देखाएको छ । पर्याप्त विषादी प्रयोग गरेको देखिए पनि परीक्षणको काम भने केवल झारा टार्ने खालको छ । 

तरकारीमा विषादी परीक्षणको अवस्था कस्तो छ भनी जान्न केही उदाहरण हेरौं । जस्तो, झापामा सरकारले विषादी परीक्षण प्रयोजनार्थ प्रयोगशाला स्थापना गरेको केही वर्ष बितेको छ । स्थापना गरेको महिनौं भइसकेकाले यतिबेला सम्म यो सबै हिसाबले सम्पन्न हुनुपर्ने हो । तर अवस्था कस्तो छ भने त्यहाँ एक जना पनि दक्ष जनशक्ति छैनन् । कार्यालय सहयोगीको भरमा चलिरहेको छ । कतिपय स्थानमा खोलिएका प्रयोगशालाको अवस्था त अझ हरिविजोग छ । सरकारले सर्लाहीमा पनि यस्तै प्रयोगशाला स्थापना गरेको छ । तर, तरकारी परीक्षण त परको कुरा ढोका खोल्ने कर्मचारीसम्म पनि छैनन् । पोखराका परीक्षण प्रयोगशाला पनि लामो समयदेखि बन्द छ । 

 यो त भयो जिल्लाका प्रयोगशालाको कुरा । संघीय राजधानी रहेको काठमाडौंस्थित कालीमाटीको प्रयोगशालाको अवस्था पनि दुरुस्त छ । मुलुककै ठूलो तरकारी बजार कालिमाटीसहित भारतबाट तरकारी भित्रिने नाकामा स्थापित विषादी अवशेष द्रुत विश्लेषण इकाइका प्रयोगशालामा ८ समूहका तरकारीको विषादी परीक्षण हुनुपर्ने हो । तर अहिले २ समूहका विषादी मात्र परीक्षण हुन्छन्, त्यो पनि निकै कम मात्रामा । प्रयोगशाला स्थापनाको सात वर्ष गुज्रिए पनि सबै समूहका विषादी परीक्षण गर्नेतर्फ कसैको ध्यान गएको छैन । 

भारतबाट आउने तरकारीको गुणस्तर प्रयोग निम्ति सरकारले सीमा क्षेत्रमा पनि प्रयोगशाला खडा गरेको छ । तर यी प्रयोगशाला कामयावी छैनन्, नाम मात्रका छन् । अर्थात् सरकार प्रयोगशाला स्थापनालाई मात्र उपलब्धि मानेर बसेको छ । पछिल्ला चार महिनामा नाकाबाट १७ हजार ८६५ तरकारीको नमुना परीक्षण गरिएकोमा १७८४३ गुणस्तरयुक्त भेटिए । यीमध्ये ९९ प्रतिशत नमुना द्रुत विश्लेषण इकाईमा तरकारी तथा फलफूलमा प्रयोग गरिएका घातक विषादीलाई पहिचान गर्न नसकेर योग्य भनी पठाइएको विज्ञको भनाइ छ । 

प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले हालै कृषि मन्त्रालयलाई विषादीको प्रयोग बढेको प्रतिवेदन दिएको छ । उपभोक्ताको भान्छामा विषादीयुक्त तरकारी पुगिरहे पनि सरकार भने रमिते छ । न चेकजाँच बढाइएको छ न प्रयोगशालाको क्षमता वृद्धि नै गरिएको छ ।