🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भारतमा बुर्का लगाउने छात्रालाई कक्षा कोठा प्रवेशमा रोक

कर्नाटक, ६ माघ : भारतको एउटा सरकारी कलेजमा बुर्का लगाएका मुसलमान छात्राहरुलाई कक्षा कोठाभित्र प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ । कर्नाटक राज्यको युदुपी जिल्लमा सरकार सञ्चालित कलेजमा मुसलमान छात्राहरुलाई प्रवेशमा प्रतिबन्ध लगाइएको हो ।

हिजाव विद्यालयको पोसाक नभएको र केही छात्राहरुले अनुहार ढाक्ने पोसाक लगाएको भन्दै उनीहरुलाई कक्ष कोठामा पस्न नदिइएको कलेज प्रशासनले जनाएको छ ।

आफू कक्षा कोठामा प्रवेश गर्नेवित्तिकै शिक्षकले तत्काल बाहिर निस्कन निर्देशन दिएको पीडितमध्येकी एक एएच अलमासले गुनासो गरेकी छिन् ।

हिजाब आफ्नो विश्वासको एउटा अंश भएको र आफूहरुले संविधानमा उल्लेखित अधिकार प्रयोग गरेको पीडित किशोरीहरुले बताएका छन् । विद्यालयले प्रवेश नदिएपछि ६ जना किशोरीहरु ३१ डिसेम्बरदेखि अनुपस्थित छन् ।