🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गुण एयरलाइन्सको जहाजबारे छानबिन गर्न कार्यदल गठन

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गुण एयरलाइन्सको जहाजमा प्राविधिक गडबडी भएको घटनाका सम्बन्धमा छानबिन गरी सत्यतथ्य पत्ता लगाउन कार्यदल गठन गरेको छ ।

मन्त्रालयले वरिष्ठ उडान सुरक्षा निरीक्षक क्याप्टेन दधिराम निरौलाको संयोजकत्वमा चार सदस्यीय छानबिन कार्यदल गठन गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता टोकराज पाण्डेले जानकारी दिनुभयो । कार्यदलको सदस्यमा पर्यटन मन्त्रालयका इलेक्ट्रोनिक इन्जिनियर नसिव आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका क्याबिन क्रु निरीक्षक सावित्री श्रेष्ठ राई सदस्य तथा प्राधिकरणकै एरोनोटिकल इन्जिनियर रितेशराज पन्त सदस्यसचिव रहनुभएको छ । घटनाको सत्यतथ्य पत्ता लगाई भविष्यमा त्यस्ता घटना दोहोरिन नदिन चाल्नुपर्ने कदमका सम्बन्धमा सुझावसहित तीन दिनभित्रमा प्रतिवेदन पेश गर्न कार्यदललाई जिम्मेवारी दिइएको छ ।

यही माघ २ गते काठमाडौँबाट पोखरा उडानमा रहेको गुण एयरलाइन्सको वायुयानमा प्राविधिक गडबडी भई आकाशमै ढोका खुलेको समाचार आएको थियो ।