🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कुइन्स रेष्टुराँबाट चार पक्राउ

कर्णाली । वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेतस्थित कुइन्स रेष्टुराँबाट लागूऔषध ब्राउनसुगरसहित चारजना पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयको लागूऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार १४० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने खैरो धुलो पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो । उक्त रेष्टुराँको क्याबिनमा लागूऔषध कारोबार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले जाँच क्रममा लागूऔषध भेटेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । 

    पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेतका ३० वर्षीय भूगोल गुरुङ, २२ वर्षीय विप्लव सुवेदी, वडा नं १० बस्ने १८ वर्षीय युनिस नेपाली र ३ बस्ने १९ वर्षीय पूजा कार्की रहेको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो । चारै जनालाई हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।