🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मन्त्रिमण्डल निमार्णमा संविधानको पालना भएन : सांसद थिङ

काठमाडौं । नेपाली कांग्रेसका सचेतक तथा सांसद सुशिला थिङले क्याबिनेटमा ३३ प्रतिशत महिला कहिल्यै देख्न नपाएको गुनासो गरेकी छिन् । 

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जुनसुकै ३३ प्रतिशत महिला क्याबिनेटमा कहिल्यै देख्न नपाएको भन्दै मन्त्रिमण्डल निमार्णको क्रममा संविधानको पालना नभएको बताइन् । 

उनले भनिन्, ‘जुनसुकै मन्त्रिमण्डलमा पनि संविधानलाई कुल्चिएर ३३ प्रतिशत महिला क्याबिनेटमा कहिल्यै देख्न नपाउने भो । सायद पुरुषहरू नै प्रमुखमा भएर होला महिलाहरु मन्त्रीमा सिफारिस भएन । म कानूनमा स्नातक गरेको छु, मैले सोसियोलोजीमा स्नातकोत्तर गरेको छु, तर म कहिल्यै योग्य भइन । तर मैले समानुपातिक कोटाबाट त यो उपाधि पाएको थिएन, त्यसैले हामी महिलाहरु कहिलेसम्म यो समानुपातिकको दर्जामा दर्ज हुने हो ?’