🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एमाले राैतहट अध्यक्षमा साह चयनकाे घाेषणा, तर गिरि पक्षले भन्याे- एकलाैटी कमिटी अवैध हाे

राैतहट, ३ माघ : नेकपा (एमाले) स्थायी कमिटी सदस्य प्रभु साह पक्षले एकलाैटी रुपमा राैतहटमा नयाँ नेतृत्व घाेषणा गरेकाे भन्दै अर्काे पक्षले विद्राेह गरेकाे छ । 

साह पक्षले त्रिभुवन साहलाई जिल्ला अध्यक्ष चयन गरेपछि निर्वतमान अध्यक्ष तुल्सीराज गिरी पक्षले अस्वीकार गरेकाे हाे ।

एमाले नवौं जिल्ला अधिवेशनबाट साहको अध्यक्षतामा १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयनकाे घाेषणा गरिएकाे थियाे ।

तर, गिरिले 'अध्यक्ष मन्डलद्वारा घोषित एकलौटी जिल्ला कमिटी अवैध' भनेका छन् । 'अधिवेशनको हलले जिल्ला कमिटीलाई अनुमोदन गरेको छैन। 

 २०७८ माघ ३ गते साेमबार दिउँसाे ११ बजे  गरुडा पार्टी कार्यलयमा उपस्थित हुनु हुन सम्पूर्ण प्रतिनिधि तथा पर्यवेक्षक कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु,' नयाँ कमिटी घाेषणा अघिसम्म अध्यक्ष रहेका गिरिले आह्वान गरेका छन् ।

तर, प्रभुले भने अध्यक्षमा त्रिभुवन साह, उपाध्यक्षमा दिपक यादव, सचिवमा बालबिक्रम कार्की, उपसचिवमा पलट चौधरी र  रुपेश पटेलसहित १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएकाे जानकारी दिएका छन् ।

न्युज कारखाना